AnonymousUser

Logout

पहिरोले महाकाली लोकमार्ग ४ दिनदेखि अवरुद्ध

वैकल्पिक मार्ग नहुँदा खलंगासम्मको आवतजावत ठप्प भएको छ। सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलंगा अध्ययन गर्न आउने बालबालिकालाई समस्या भएको छ।

कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर रवि लामिछाने पुगे उच्च अदालत

पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले तोके‍को धरौटी रकम बदर माग गर्दै उच्च अदालत पुगेका छन्।

अछामका २ किशोरी मृत फेला परेको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण

दुई जना किशोरी जंगलमा मृत अवस्थामा फेला परेको घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन्।

क्यानडा र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाखाैँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जुम्लामा आगलागीबाट १ जनाको मृत्यु 

जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागीबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो 

सोमबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस देखिएको महाशाखाले जनाएको छ।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

पाथीभरामा केबलकार निर्माण विवाद वार्ताबाट समाधान गर्न आयोगको आग्रह

मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ।

मौसमले बढाएको छ सवारी दुर्घटनाको ग्राफ

हिउँदमा हुस्सु र कुहिरो पनि सवारी दुर्घटनाको कारण बनिरहेको छ। वर्षायाममा बाढी, पहिरोका कारण ठूला दुर्घटना भएका छन्। गत असोजमा पहिरोले बससमेत बगायो। के मौसमका कारण हुने दुर्घटना घटाउन सकिन्छ?

बाढीको कहरपछि जुरमुराउँदै छन् बेथानचोकका किसान

बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्।

ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइँठा बाल्नुपर्ने बाध्यता

मोरङको रंगेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरीका निम्नवर्गका परिवारले खाना पकाउने दाउराका रूपमा गुइँठा प्रयोग गर्ने गर्छन्। गुइँठा बाल्दा निस्किएको धुवाँले स्वास्थ्यमा समस्या निम्तिने गरेको छ।

हुस्सुका कारण हुने दुर्घटना कम गर्न ट्राफिकले थाल्यो अभियान

ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान थालेको छ।

शीतलहर तथा बाक्लो हुस्सुले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित

शीतलहर र हुस्सुका कारण किसानले खेतबारीमा लगाएको तरकारीबालीमा डडुवा रोगको संक्रमण देखिएको छ। रोगको संक्रमणले सबैभन्दा बढी आलुबालीमा क्षति पुर्‍याउन थालेको स्थानीय किसानको भनाइ छ।

गोरखामा रूखबाट खसेर १ जनाको मृत्यु

गोरखामा रूखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ।

बैतडीमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ गम्भीर

सिगास गाउँपालिका–१ माडौँमा शनिबार बिहान सुदूरपश्चिम प्रदेश ०१–००१ च ४०२८ नम्बर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

फर्निचरसहित २ घरमा आगलागी, जलेर वृद्धाको मृत्यु

उद्योगबाट शुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा ध्रुवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन्।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको छ।

महाराष्ट्र रेल दुर्घटनामा ज्यान गुमाउने अछामका ४, कैलालीका २ र बाँकेका १ जना

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ। 

महाभारत पर्वत शृंखलाको डढेलो हेलिकप्टरमार्फत नियन्त्रण प्रयास

जिल्लास्थित सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

सुप्रिम सहकारी ठगी प्रकरण : लम्बियो रवि लामिछानेको थुनछेक बहस

शुक्रबार थुनछेक बहस नसकिएपछि आइतबार बिहान उपस्थित हुने गरी रवि लामिछानेलाई परिवार र कानून व्यवसायीको जिम्मामा पठाइएको रुपन्देही जिल्ला अदालतले जनाएको छ।