AnonymousUser

Logout

राजस्व विभागको प्रणाली ह्याक गरी भाटभटेनीको करको दायरा बढाइदिएको आरोपमा २ जना पक्राउ

राजस्व  विभागको कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याइ भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकमको दायर बढाइदिएको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको छ।

यसपालि आगलागीको जोखिम बढ्ने सम्भावना, सचेत रहन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ।

महाराष्ट्र रेल दुर्घटनामा ज्यान गुमाएका ७ जना नेपालीको सनाखत

परराष्ट्र मन्त्रालयका अनुसार भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी अछामका चार, कैलालीका दुई र बाँकेका एक गरी सात जना नेपाली नागरिकको मृत्यु भएको हो।

बाँकेमा पाटेबाघ मृत भेटियो

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ।

तमोर करिडोरबाट टिपताला पुग्यो गाडी

तिब्बत सरकारले टिपतालाबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्मको सडक कालोपत्र गरिदिन इच्छुक रहेको जनाएको छ।

काभ्रेको महाभारतमा डढेलो नियन्त्रणका लागि सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको आगोले अन्य वन क्षेत्रमा समेत जोखिम बढाएको छ।

गोरखामा आगलागी हुँदा ३ घर जले

गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

असनमा आगलागी हुँदा ३५ लाखको क्षति

असनको एक घरमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवासम्बन्धी मुद्दा पुनरवलोकन हुने

न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले बिहीबार कांग्रे‍स सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवासम्बन्धी मुद्दा पुनरवलोकनका लागि ‘अनुमति हुने’ आदेश दिएको छ।

जंगली जनावरको आक्रमणबाट महिलाको मृत्युपछि सामुदायिक वनमा क्यामरा जडान

सामुदायिक वन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवमाथि पनि आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामरा जडान शुरू गरिएको सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

मधेश प्रदेशसभामा भाषासम्बन्धी विधेयकको विरोध

मधेश प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशको कामकाजी भाषासम्बन्धी विधेयक सच्याउन सत्ता र प्रतिपक्षी दलका सांसदले माग गरेका छन्।

कञ्चनपुरमा पेस्तोलसहित ४ भारतीय नागरिक पक्राउ

कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट पेस्तोलसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ।

समयमै मिटर जडान नहुँदा खेर जाँदै मेलम्चीको खानेपानी (तस्वीहरू)

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगरिदिँदा हजारौँ लिटर पानी खेर गइरहेको महाबौद्ध क्षेत्रका स्थानीय बताउँछन्।

काभ्रेको महाभारत जंगलमा ३ दिनदेखि डढेलो 

खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा मंगलबार दिउँसोदेखि डढेलो लागिरहेको छ। 

शुरू भयो शहीद सप्ताह, विभिन्न कार्यक्रम गरेर मनाइँदै

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ। पहिलो दिन शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकुस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ।

सूर्यविनायक–धुलिखेल सडक निर्माण चाँडो सक्न ताकेता

सूर्यविनायक–धुलिखेल ७.५ किमी सडक विस्तारका लागि कुल ३ अर्ब ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम भइरहेको छ। 

सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने 'इनड्राइभ' चालक पक्राउ

यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ।

असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री

असोज १० देखि १३ गतेसम्मको अविरल वर्षाले क्षति पुर्‍याएका लहान नगरपालिका–४ इस्लामपुर र सुन्दपुरका ६० घरपरिवारले राहत सामग्री पाएका छन्।

गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण

गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रूपमा आहारा लिनुपर्ने बाध्यता थियो। उड्ने क्रममा विद्युतीय प्रसारण लाइनमा ठोक्किएर मर्ने गरेका थिए।

नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

राैतहटको सीमा क्षेत्रमा नक्कली पेस्तोल देखाएर नेपालीसँग रकम असुली गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।