AnonymousUser

Logout

मोटरसाइकलबाट ५ हजार १०० मिटर उचाइको टिपताला भन्ज्याङ

टिपतालासम्मको मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए।

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते

भारतको बिहारस्थित मुजफ्फरपुरमा महाकुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा पाँच नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

स्वास्थ्य बीमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्न कार्यदलको सुझाव

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलका संयोजक डा. शम्भु आचार्यले छरिएर रहेका सामान प्रकृतिका स्वास्थ्य बीमासम्बन्धी कार्यक्रमले खर्च र सरकारी बजेट बढाउने देखिएकाले एकीकृत गर्नुपर्ने सुझाव दिइएको बताए।

काभ्रेका ३ नगरमा खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख लाग्ने

धुलिखेल, बनेपा र पनौतीले असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त आयोजना मर्मतका लागि संघीय सरकारसँग २८ करोड ६५ लाख ३१ हजार ६४८ रुपैयाँ सहयोग माग गर्ने निर्णय गरेका छन्।

‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

कावासोती–१ का वडाध्यक्षको हृदयाघातबाट मृत्यु

शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयाघातका कारण उनको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरिले बताए।

पाथीभरा केबलकार विवाद : सामान्य प्रशासन मन्त्रालयलाई समन्वय गर्ने जिम्मेवारी

गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

दुम्कीवासमा हाइस र बस ठोक्किँदा १ जनाको मृत्यु, नौ घाइते

दुम्कीवास जंगलमा बस र ईभी हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।

हमासले रिहा गर्‍यो थप ३ इजरायली बन्धक

इजरायल र हमासबीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदानमा तीन इजरायली पुरुष शनिबार रिहा भएका छन्।

कर्णालीका ५० स्थानीय तहलाई ८० प्रतिशत अनुदान

संशोधन गरिएको कार्यविधिअनुसार अब कर्णालीका ५० वटा स्थानीय तहले ८० प्रतिशतसम्म समपूरक अनुदान पाउने भएका छन्।

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका बाढीपीडित

बाढीले घरखेत बगाएपछि चनौटे नयाँबस्तीका स्थानीय घरबारविहीन भएका छन्। उनीहरू पालिकाले दिएको त्रिपाल, खाद्यान्न र कम्बललगायतको साहरामा दिन बिताउँदै आएका छन्।

यसरी बन्दैछ सूर्यविनायक–धुलिखेल ६ लेन सडक [तस्वीरहरू]

सडकको दायाँबायाँ पर्खाल लगाउने तथा नाली र कलभर्ट निर्माण अन्तिम चरणमा पुगेको छ। साँगा क्षेत्रमा ठूलो घुम्ती र भिर भएकाले काम गर्न केही अप्ठ्यारो भएको आयोजनाले जनाएको छ।

नवलपरासीमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन

गाउँपालिकाले सरकारी बजेटबाट व्यक्तिगत जग्गामा हाटबजार भवन निर्माण गरेपछि समस्या भएको हो। त्यहाँ व्यापारीहरूले बजार लगाउन मानिरहेका छैनन्।

क्रिप्टोकरेन्सीको संगठित कारोबारको आरोपमा भारतीय नागरिकसहित ७ जना पक्राउ

संगठित रूपमा ठगी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सीआईबीको टोलीले सात जनालाई पक्राउ गरिएको छ। डिजिटल फरेन्सिक रिपोर्टअनुसार उनीहरूले तीन अर्बभन्दा बढी रकम ठगी गरेका छन्।

तनहुँमा बस पल्टिँदा १ जनाको मृत्यु, १३ जना घाइते

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको चिरीबाबुको दाबी

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्तीमा १८ र धोबीघाटमा ३२ जनालेले ज्यान गुमाएको दाबी गरेका छन्।

सिट बेल्टले जोगाउँछ चालक–यात्रुको ज्यान, तर पनि लगाउँदैनन् नेपाली

निजी सवारीसँगै सार्वजनिक सवारीमा पनि साना गाडी बढिरहँदा दुर्घटना भइहाले मृत्यु वा गम्भीर चोटपटकबाट जोगाउने सिट बेल्ट भने ट्राफिकको आँखा छल्न मात्र लगाइन्छ। आफ्नै सुरक्षामा किन बेपरवाह छन् नेपाली?

सक्खर बनाउन व्यस्त छन् पिप्लेबेँसीका किसान

२०३८ सालमा स्थानीय किसान मिलेर खरिद गरेको फलामे मेसिन छ। यही मेसिनमा हल गोरुको सहारामा उखु पेल्छन्। त्यसबाट निस्केको रस ठूलो फलामे कराहीमा पकाएर सक्खर बनाउँछन्।

ओझेलमा कञ्चनपुरको सुनदेवी ताल

शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने सुनदेवी ताल सौन्दर्यले भरिपूर्ण छ। तर यस क्षेत्रसम्म पुग्ने सडक अहिलेसम्म बन्न सकेको छैन।

नवलपरासीमा लागुऔषध नियन्त्रण लिन गोली प्रहार, १ जना घाइते

बिहीबार राति रामग्राम नगरपालिका–१२ पचगाँवास्थित राजेश लोनियाको घरबाट लागुऔषध ब्राउनसुगर नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको छ।