AnonymousUser

Logout

निकास नहुँदा वीरगन्जको २०० बिघा खेतीयोग्य जमिन डुबानमा

वीरगन्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ को खेतीयोग्य जमिन डुबानमा परेको हो। वर्षायाममा जमेको पानीले अहिले पनि खेत भरिएका छन्। किसानले बाली लगाउन पाएका छैनन्।

महोत्तरी गौशालाका गाईलाई आहारा अभाव

गौशाला नगरपालिका–३ नवराजपुरस्थित गौशालामा गाईको बिजोग छ। उचित सम्भार, खानपान र उपचारको अभावमा गाईका हाडछाला मात्र देखिन्छन्।

रुकुम पूर्वमा खुकुरी प्रहार गरी २ जनाको हत्या, आरोपितको खोलामा शव फेला

रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठमहिने नाबालकसहित दुई जनाको हत्या भएको छ।

पश्चिम नवलपरासीमा ५० खानेपानी योजना वर्षौंदेखि अलपत्र

पश्चिम नवलपरासीमा निर्माण शुरू भएका ५० वटा खानेपानी योजना वर्षौंदेखि अधुरै रहँदा स्थानीय आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य छन्।

‘भूमिसम्बन्धी अध्यादेश’को सीमारहित प्रत्यायोजनले राजनैतिक नियतमाथि प्रश्न उठायो : टीआई

‘भूमिसम्बन्धी अध्यादेश’लाई सरकारले सीमारहित रूपमा प्रत्यायोजन गरेको, जसले सुशासन प्रवर्द्धनलाई अवमूल्यन गर्नुका साथै राजनैतिक नियतमाथि प्रश्न उठाएको ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), नेपालको भनाइ छ।

गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न रोक

गोसाइँकुण्ड क्षेत्रको संरक्षण र सम्भावित दुर्घटना रोक्न पानी जमेका तालतलैयामाथि हिँड्न प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।

सबैभन्दा कम भ्रष्टाचार हुने देश डेनमार्क, नेपाल १०७औँ स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ। नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको छ।

प्रतिनिधिसभाको बैठक पुनः शुरू, समय व्यवस्थापनको असमझदारीबारे अध्ययन हुने

सभामुख देवेन्द्र घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि प्रतिनिधिसभाको बैठक शुरू भएको छ।

सिमेन्टको मूल्यवृद्धिबारे संसदीय समितिमा उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ

सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्यवस्तुको मूल्यवृद्धिबारे छलफल गर्न बसेको संसदीय समिति बैठकमा उद्योगमन्त्री दामोदर भण्डारी र माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल–जवाफ भएको छ।

विपिन जोशी रिहाइका लागि सरकारले गरेको संघर्ष सदनलाई जानकारी गराउन माग

प्रतिनिधिसभाको बैठकमा सांसद चित्रबहादुर केसीले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि सरकारले गरेको कोशिश र संघर्षका बारेमा संसद्लाई जानकारी गराउन ध्यानाकर्षण गराएका छन्।

बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो

महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको बागमती पुलको बिम चर्किएपछि मर्मत थालिएको छ।

ग्यास विस्फोटमा घाइते भएकामध्ये २ जनाको मृत्यु

कमलपोखरीस्थित शान्दार म:म पसलमा गत बिहीबार ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका उनीहरूको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

सेवाग्राही बिदेसिएपछि पन्ध्र हजार परिचयपत्र थन्किए

नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन आउनेको संख्या भने निकै कम छ।

आजको माैसम: कोशी र गण्डकी प्रदेशमा आंशिक बदली

माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

प्रधानमन्त्री ओली ‘पदमुक्त हुन सक्ने’ न्यायिक आदेशका लागि सर्वोच्चमा निवेदन

अदालतले गिरीबन्धु जग्गा साटफेर या बिक्री प्रयोजनमा रोक लगाए पनि एक या अर्को स्वरूपमा भूमिसम्बन्धी संशोधनका दफा ल्याएर ओली सरकारले नियतवश काम गरिरहेको अधिवक्ता ओमप्रकाश अर्यालको भनाइ छ।

सट्टेबाजीको आरोपमा बूढानीलकण्ठबाट २३ भारतीय नागरिक पक्राउ

बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ।

अमेरिकी सहायता रोकिँदा बिथोलिन सक्छ नेपालको स्वास्थ्य सेवा

नेपालका खोप, मातृ शिशु सेवा, बालबालिकाको पोषण, सरसफाइजस्ता क्षेत्रमा सञ्चालित कार्यक्रम विदेशी अनुदानमा निर्भर छन्, जसमध्ये यूएसएड प्रमुख दाता हो। त्यो बन्द भए स्वास्थ्य सेवामा के असर पर्छ?

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

राष्ट्रियसभाले ‘मिडिया काउन्सिल विधेयक–२०८०’लाई सोमबार सर्वसम्मतिले पारित गरेको छ।

वन्यजन्तु गाउँबस्ती छेउछाउ बस्न थाल्दा त्रासमा स्थानीय

बस्तीवरपर वन्यजन्तुको उत्पातले किसान दिक्क छन्। यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको उनीहरूको दुखेसो छ।