सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका थिए।
भुवनेश्वरस्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विश्वविद्यालयले निस्कासन गरेका नेपाली विद्यार्थीलाई २४ घण्टा नबित्दै फिर्ता बोलाएको छ। तर विद्यार्थी अझै त्रसित छन्।
पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ।
लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ।
‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्।
अध्यादेश किन भन्ने जिज्ञासामा स्वयं प्रधानमन्त्री र गठबन्धन साझेदारसमेत ‘जवाफी’ बन्न सकेका छैनन्। राज्यपद्धतिको सिंगो विषयमा एमालेसचिव, सत्तापक्षीय सचेतक र कार्यकर्ताले मात्रै ‘पक्षपोषण’ गरिरहेका छन्।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उडिसाको किट विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको जनाएको छ।
भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किने क्रममा कार दुर्घटना हुँदा रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ।
कुल दुर्घटनामा परेका सवारीसाधनमध्ये दुई हजार ४७४ अर्थात् ५४.५५ प्रतिशत मोटरसाइकल रहेका छन्।
अमेरिकी सैनिक विमानले तेस्रो खेपमा निर्वासित थप ११२ भारतीय नागरिकलाई उत्तरी शहर अमृतसरमा ल्याएर छाडेको अधिकारीहरूले बताएका छन्।
हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट शुरू भएको आगोले चार वटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायतका संरचना जलेका छन्।
मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाइएको छ।
ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ विद्युत् विकास विभागले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ।
इलन मस्क प्रमुख रहेको सरकारी दक्षता विभाग (डोज)ले नेपालको जैविक विविधता र संघीयता क्षेत्रमा छुट्याइएको ३९ मिलियन रकम रद्द गर्ने आइतबार घोषणा गरेको हो।
प्रयोगमा नआएका उपकरणलगायत धेरैजसो संरचना र साधन काम नलाग्ने भएका छन्।
माैसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरूले बताएका छन्।
सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर सांसदहरू हाजिर गर्नासाथ बाहिरिँदा जनप्रतिनिधिको आवश्यक न्यूनतम संख्या नपुगेर संसद् बैठक स्थगन हुनेक्रम बढेको छ।
गुल्मीको इस्मामा बाटो खन्ने क्रममा एक्स्काभेटरले पल्टाएको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु भएको छ।