AnonymousUser

Logout

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

राष्ट्रियसभाको आइतबारको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ।

‘सामूहिक बलात्कार’मा मिलापत्र गर्न पञ्चायतको दबाब, किशोरी मृत फेला

नवराजपुर गाउँपालिका–१ मा सामूहिक बलात्कारमा परेकी भनिएकी किशोरीलाई गाउँमा बसेको पञ्चायतले मिलापत्र गर्न दबाब दिएको केही समयमै मृत भेटिएकी छन्।

बसको ठक्करबाट घाइते भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार

बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलालाई थप उपचारका नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको छ।

बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको १४ स्थानमा हुँदै मर्मत

डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलान्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको छ।

बेलुन विस्फोट घटना छानबिन गर्न समिति गठन

उक्त घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।

खाजाघर आगलागी: मृत्यु हुनेको संख्या ४ पुग्यो

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

धौलागिरि आधार शिविर पुग्न जोखिमपूर्ण यात्रा

धौलागिरि आधार शिविर जाने पदमार्गमा पर्ने कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा अक्करे भिर पार गर्न डोरी र खरको गाँजको सहारा लिनुपर्छ। 

गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, लार्केपास हिँडेका पर्यटक रोकिए

चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन्।

बागलुङ टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ।

वन कार्यालयले हटायो अतिक्रमण गरेर बनाइएका संरचना

वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ।

अर्थमन्त्री पौडेल र पोखराका नगरप्रमुख आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुटेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन फुट्दा अर्थमन्त्री र नगरप्रमुख घाइते

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन्।

बागलुङको सामुदायिक वनमा डढेलो, जोखिममा भेडीगोठ

शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन नसकिएको स्थानीयले बताएका छन्। आगलागीका कारण उक्त क्षेत्रमा रहेका १०० भन्दा बढी भेडीगोठ जोखिममा छन्।

विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै

घरआँगनमै गाडी गुड्ने सडक छन्। नजिकै विद्यालय छ। संघीयता कार्यान्वयनमा आएसँगै विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो। 

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिको तयारी 

याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुँदै म्याग्दीतर्फ जाने र आउने बाटोमा पर्छ। यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकलाई सहज हुनेछ।

स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानून बनाउन निर्देशन

स्वर्गद्वारी गुठी किसानको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानूनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

ग्यास विस्फोट घटना : उपचारका क्रममा थप १ जनाको मृत्यु

कमलपोखरीस्थित शान्दार मम पसलमा ग्यास सिलिन्डर विस्फोट भई घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

नेपालले जोडिदिएको अमेरिकी जोडीः अब एलन एक्ली छन्

विवाहपछि पनि टेड र एलन लामो समय नेपाल बसे। छोरीलाई जन्म दिन अमेरिका पुगे। तर टेडलाई रोगले समात्यो। उनको निधनको चार वर्ष बितिसकेको छ। उनका संकलनका पुस्तक भने 'प्रेमको प्रतीक' बनेर नेपाल आइपुगेका छन्।

रोगले सुकेर उजाडिए सुन्तला बगैँचा

बहपुर गाउँमा सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट लगाएका थिए। तीमध्ये अधिकांश बोट मरिसकेका छन्।

६ बिघा जग्गा मझगाउँ विमानस्थल निर्माणका लागि दिन सेना सहमत

नेपाली सेनाको नाममा रहेको ६ बिघा जग्गा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने र सो ठाउँमा रहेको सेनाको फुटबल मैदान र सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने सहमति भएको छ।