आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बालमन्दिर जग्गा प्रकरणको छानबिन प्रारम्भ गरिएको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको जानकारी दिए।
उक्त सडकको विकल्पका रूपमा कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
नेपालमा भएका अनलाइन दुर्व्यवहारका घटनामध्ये ८१ प्रतिशतभन्दा बढी फेसबुकमार्फत हुने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल पर्छन्। दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलकै कारण हुन्छ। काठमाडौँ उपत्यका त मोटरसाइकल दुर्घटनाको ‘हट्स्पट’ नै मानिन्छ।
सर्वोच्च अदालतले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिव, शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सचिवलगायतलाई बोलाएको छ।
काठमाडौँका विभिन्न क्षेत्रमा ९४५ वटा सवारीसाधनमा प्रदूषण परीक्षण गर्दा ५१५ वटा अर्थात् ५४ प्रतिशत मापदण्ड विपरीत भेटिएको काठमाडौँ महानगरले जनाएको छ।
रौतहटको जंगलमा भेटिएको घाइते ‘एमगज’ नामक हात्तीको बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवनका पशुचिकित्सकको टोलीले उपचार गरेको छ।
बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विशेष अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो।
उच्च अदालत पोखराले पोखरा महानगरपालिकाका ११० कर्मचारीको स्थायी नियुक्ति बदर गरिदिएको छ।
दुर्घटनामा मोरङ उर्लाबारी नगरपालिका–७ का ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्धका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भएको थियो।
नेपाल विद्युत् प्राधिकरणले विद्युत्का तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो।
ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खुखोला पुल असोज ११ र १२ गते आएको बाढीले क्षतिग्रस्त भएको थियो।
बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन्। सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्।
सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरेका थिए। राष्ट्रसंघीय महासभाले त्यसलाई सन् २०१२ मा अनुमोदन गरेपछि मनाउन थालिएको हो।
रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँसु रोकिएको छैन। छोरीको शव ल्याउन उनी १० महिनायता वडा र नगरपालिका धाइरहेकी छन्।
देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ४३ जनामध्ये अधिकांश १० देखि १६ वर्ष उमेरका विद्यार्थी रहेका छन्।
'पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्ने काम (वास आउट) भइरहेको छ। हालसम्म पानी बग्न भने रोकिएको छैन।'
बालमन्दिर जग्गा लिज प्रकरणमा मुद्दा नचलाउने रायसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदन तहगत हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ।
बानेश्वरबाट माइतीघरतर्फ आउने लेनमा गाडी गुड्न सकेका छैनन्।