भूकम्प गएको १६ महिनासम्ममा पनि दुई हजार लाभग्राहीले पहिलो किस्ताबापतकै अनुदान रकम नपाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने मन्त्रालयले जनाएको छ।
दक्षिणकाली नगरपालिकाको–४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको छ। यसले ३० हेक्टरभन्दा बढी वनक्षेत्र जलिसकेको छ।
सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले बिहीबार शोक बिदा दिएको छ। उनकाे बिहीबार नै दाहसंस्कार गरिने बताइएकाे छ
दुर्घटनामा गम्भीर घाइते भएका चालक ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै असुरक्षाको कारण देखाउँदै उनीहरू स्वदेश फर्किएका हुन्।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो।
धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण शुरू गरिएको छ।
साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाउन लागिएको गाउँपालिकाले जनाएको छ।
कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण र त्यसपछि सिर्जित घटनाबारे सत्यतथ्य पत्ता लगाउन उडिसा राज्य सरकारले गृहविभागका अतिरिक्त मुख्यसचिवको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको छ।
प्रकृतिको न्यायका लागि उभिएका विद्यार्थीमाथि भएको दुर्व्यवहार, रातारात उनीहरूलाई घर फर्किन बाध्य पारिएको देख्दा आफूहरूलाई झन् पीडा भएको प्रकृतिका हजुरबुबा देवनाथ बताउँछन्।
सशस्त्र प्रहरीले संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।
सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर सांसदहरू हाजिर गर्नासाथ बाहिरिँदा जनप्रतिनिधिको न्यूनतम संख्या नपुगेर संसद् बैठक स्थगन हुनेक्रम बढ्दो छ।
नेपाली विद्यार्थीको अवस्था बुझ्न र उनीहरूको सुरक्षाको वातावरण मिलाउन कलिंगा विश्वविद्यालयमा नेपाल प्रहरीको टोली पुगेको परराष्ट्रमन्त्रीको भनाइ छ।
सिरहाको नवराजपुरकी किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणबारे अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ।
भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा जारी भएको स्कुल बस निर्देशिका २०७४ लाई पूर्ण पालना गराउन आग्रह गरेको छ।