सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै स्थानीय दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक भारतीय नागरिकको शव पाँच दिनपछि फेला परेको छ।
भुटानको चेम्गाङ जेलमा ३० वर्षयता थुनिएका ३२ राजबन्दीमध्ये तीन नेपालीभाषीलाई संयुक्त राष्ट्रसंघले मानव अधिकार हनन बेहोर्ने ‘प्रतिनिधि पात्र’ बनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसईई परीक्षा समन्वय समितिको बैठकले उनीहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो। निर्माणमा हालसम्म १५ प्रतिशत मात्र प्रगति भएको छ।
पीडित परिवारले दिएको जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने बताएका छन्।
महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
खोटाङमा चट्याङ लागेर र बार्दलीबाट लडेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
चन्द्रपुरसहित उत्तरी भेगमा शनिबार बिहान परेको असिना र पानीले मकैबालीमा बढी क्षति पुगेको छ।
भक्तपुरको सूर्यविनायक–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो।
चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो। घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफै गएका थिए।
समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको गाउँमा बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण हुने अपेक्षा छ।
जलवायु परिवर्तनका कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि सम्जुङ गाउँमा सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो। जलवायु अनुकूलनका लागि स्थानीय त्यहाँबाट बसाइँसराइको बाटो रोजे।
विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको छ।
विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध शुक्रबारदेखि हटेको छ।
सिरहामा दलित बस्तीमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा ‘दलितका लागि दलित अभियान’ले प्रदर्शन गर्दै निषेधित क्षेत्र तोडेर संसद् भवन छिर्ने प्रयास गरेको छ।
एक महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो।
आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनाश मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ। घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका किसान मारमा परेका छन्।