वनमन्त्री ऐनबहादुर शाहीले राजसंस्था समर्थकको चैत १५ गतेको प्रदर्शनका क्रममा आगजनी भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई अस्थायी रूपमा सञ्चालन गर्न तत्काल करिब १० करोड आवश्यक पर्ने बताएका छन्।
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
युद्ध एवं सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो।
आन्दोलनमा जम्मा ५८ राउन्ड गोली प्रहार, ७४६ राउन्ड टियर ग्यास र १९२ पटक ब्ल्यांक फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री)लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ। गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो।
नेपाली सेनाले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूका लागि मेडिकल राहत पठाएको छ।
धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठमा सम्पन्न हुनुपर्ने पुलको निर्माण नै शुरू भएको छैन।
काभ्रेपलान्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने ८.७ किलोमिटर सडकको ट्र्याक खोलेर सडक कालोपत्रका लागि २०७७ असोजमा काम शुरू भए पनि पूरा भएको छैन।
विज्ञप्तिमा ६ जना हराइरहेको अवस्थालाई ‘गम्भीर’ भन्दै राज्यविहीनसँगै भुटानी शरणार्थीको बेपत्ताबारे ध्यान दिन नेपाल तथा अमेरिका, राष्ट्रसंघीय शरणार्थी आयोगसहितका निकायलाई आह्वान गरिएको छ।
हिउँदे अधिवेशनमा १२ वटा विधेयक दर्ता भएकामा ५ वटा संघीय संसद्का दुवै सभाबाट पारित हुँदा चार वटा समितिमा विचाराधीन छन् भने तीन वटा सदनसमक्ष प्रस्तुत मात्र भएका छन्।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमतिबिना सञ्चालित ११ वटा निजी विद्यालयमा तालाबन्दी गरेको छ।
मंगलबार नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा कायम भएको छ।
मंगलबारदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंकक प्रस्थान गरेका छन्।
सुरेशसँग एभिन्युजमा करिब ८ वर्ष निरन्तर रिपोर्टिङ गरेको अनुभव थियो। उनले २०७९ सालमा हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए। तर यसपालि जोखिमबाटै उम्कन सकेनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मंगलबार निधन भएको हो।
नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ।
सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोलमा विद्युत् सर्ट भई आगलागी भएको छ। यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए।