सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘छिमेक सम्बन्ध तथा बृहत् अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको यस बखत ज्ञानेन्द्रको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बनाउने अभीष्ट बोकेको छ।’
तीन दलका शीर्ष नेताबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन फेरि सर्च कमिटी गठन गर्ने सहमति भएको छ।
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता संक्रमणकालीन न्यायका विषयमा छलफल गर्न सिंहदरबार पुगेका छन्।
कोरला नाकासम्म जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको कोवाङ—जोमसोम खण्डको काम थालेको सात वर्ष हुँदा पनि पूरा हुन सकेको छैन।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भवता, संस्कृतिलगायतका कारणले अन्नपूर्ण क्षेत्र देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ।
दाङको घोराही–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए।
काठमाडौँका घरधनीले बिजुलीको शुल्क मनलाग्दी लिएको डेरावालहरूको गुनासो हुनेगर्छ। तर न डेरावाल उजुरी लिएर जान्छन्, न त विद्युत् प्राधिकरणले अनुगमन गर्छ। प्राधिकरण बरु कानूनले ‘सबमिटर’ नै नचिन्ने बताउँछ।
फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार १२७ रहेका छन्।
विसं २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए। एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो।
आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्।
दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ।
केएसएलका कार्यकारी निर्देशक डा. युवराज संग्रौलामाथि केही दिनअघि आफ्नै विद्यार्थीले लगाएको दुर्व्यवहारको आरोपपछि खोज्दै जाँदा फेला परेका शृंखलाबद्ध घटना र त्यसको विस्तृत पाटोः
बाँकेको बेतहानीमा पानी ट्यांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्यांकरमा आगजनी गरेका छन्।
न्याय, कानून तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले हालको प्रावधान संशोधन गरी विवाह गर्न उमेर १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिएका छन्।
पुनर्निर्माण नहुँदा करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धारा अहिले खण्डहरजस्तै बनेको छ।
राष्ट्रियसभामा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले स्वीकृत भएको छ।