AnonymousUser

Logout

घरपझोङ सडक कालोपत्रमा ठेकेदारको बदमासी

रिङरोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकरणमा सहज हुने जनाइएको छ।

काठमाडौँको स्युचाटारस्थित एक घरमा आगलागी, १५ लाखको क्षति

चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन्।

कास्की र पर्वत जोड्ने भुरुङ्दीखोला मोटरेबल पुल ९ वर्षदेखि अलपत्र

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ मंसिरमा निर्माण थालिएको पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसकेको स्थानीयको भनाइ छ।

उखु अभावले एक महिनाअगावै चिनी उद्योग बन्द

चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने चिनी उद्योग उखु अभावका कारण फागुन मसान्तमै बन्द भएको छ।

चैत १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तयार

संघीय संसद् सचिवालयले आगामी १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तयार गरेको छ।

विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा–बागलुङ ‘यात्रा’

वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा विद्युतीय गाडी यात्राका लागि सहज र सस्तो हुने गरेको छ।

नियन्त्रणमा आउन सकेन शैलुङको जंगलमा लागेको डढेलो

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। 

काठमाडौँको तीनकुनेमा टिप्परले ठक्कर दिँदा १ जनाको मृत्यु, १ घाइते

मोटरसाइकलमा सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दाउराको जोहो [तस्वीरहरू]

राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन्। 

गुल्मीमा हत्या र काभ्रेपलान्चोकमा शृंखलाबद्ध डकैतीका मुख्य आरोपी पक्राउ

सीआईबीको टोलीले हत्या, शृंखलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका मुख्य आरोपी बुद्धिमान तामाङलाई ललितपुरको लगनखेलबाट पक्राउ गरेको छ।

मलंगवामा एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत मलंगवा–४ मा एम्बुलेन्सलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सौराहामा मुख्य याममै आएनन् पर्यटक

क्षेत्रीय होटल संघ सौराहाका अनुसार विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधा कम भएका छन्। सहज सडक नहुँदा र नयाँ कार्यक्रम दिन नसक्दा पनि पर्यटक फर्किएर नआएको व्यवसायीको अनुमान छ।

कोहलपुरमा जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु

बाँकेको कोहलपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।

मोरङमा जंगली हात्तीको आक्रमणबाट १३ वर्षमा १६ जनाको मृत्यु

गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिठ्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको हो।

रिंकु सदा मृत्यु प्रकरण : पञ्चायतीमा बसेका थप २ जना पक्राउ

रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेसँगै यो घटनामा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लाससाथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ।

होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जनालाई प्रहरीले लियो नियन्त्रणमा

होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा लिएको छ।

होली खेल्न वसन्तपुर पुगेकाहरूलाई वासस्थान फर्किने हतारो (तस्वीरहरू)

होली खेल्न वसन्तपुर दरबार क्षेत्र आएका सर्वसाधारणको वासस्थान फर्किनका लागि बस तथा माइक्रो बसलगायत सार्वजनिक सवारीसाधन चढ्नका लागि सुन्धारा क्षेत्रमा भीड लागेको छ।

पाकिस्तानमा बन्दुकधारीको रेल घेराबन्दीमा मारिएका २५ जनाको शव बरामद

पाकिस्तानी अधिकारीले पृथकतावादी बन्दुकधारीद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन्।