राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन्।
भूकम्पका कारण बैंककस्थित निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको स्थानीय प्रहरीले जनाएको छ।
राजसंस्था पुनर्स्थापनासहितको माग राखेर सडकमा उत्रिएका राजावादीको प्रदर्शनमा तनाव भएको छ।
प्रतिपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको शुक्रबारको बैठक एक घण्टाका लागि स्थगन भएको छ।
सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। त्यसपछि घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए।
गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। अन्य पाँच जना घाइते छन्।
औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए।
करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो। पार्क निर्माणले पर्यटन प्रवर्द्धन हुने स्थानीयले आशा गरेका छन्।
इजिप्टको लोकप्रिय पर्यटकीय क्षेत्र लाल सागरको हुर्घादामा पर्यटक बोकेको पनडुब्बी डुब्दा ६ जनाको मृत्यु भएको छ।
महँगो टिकटका कारण हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि प्रत्यक्ष असर परेको व्यवसायीहरूको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको छ।
प्रमुख राजनीतिक दलका सचेतकसँगको छलफलमा निष्कर्ष ननिस्केपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदर माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ।
सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो।
सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
यसअघि आजै साँझ ६:२७ बजे चीनको तिनग्री आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
अर्घाखाँचीको भुवनपाटामा आज साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
आज बिहान ९ः३० बजे शुरू भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो।