AnonymousUser

Logout

२० करोडभन्दा बढी रुपैयाँसहित काठमाडौँमा १ जना पक्राउ

टोखा नगरपालिका–१ झोर क्षेत्रमा ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरीले‍ जनाएको छ।

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

खोटाङमा डढेलो गाउँ पस्दा विद्यालयसहित ७ घर जले

हलेसी तुवाचुङ नगरपालिका–२मा सामुदायिक वनको डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेका छन्।

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन्।

प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

भोजपुरमा डढेलो बस्ती पस्दा जले ८ घर र पाली

सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्दा भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएका छन्।

पूर्वसचिव पाण्डे र बेचन झालाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे र बेचन झाको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा उपस्थित १४५ सांसदमध्ये पक्षमा ९६ र विपक्षमा ४९ मत खसेको हो।

बाँदर आतंकले बसाइँसराइ बढ्दा खण्डहरमा परिणत हुँदै मानेभञ्याङका बस्ती

स्थानीयले गाउँ छाड्दा मानेभञ्याङका धेरै बस्ती खण्डहरमा परिणत हुँदै गएका छन्। स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ।

धनुषाको भठिहनमा प्रहरीले चलायो गोली, १ जना घाइते 

धनुषाको भठिहनमा चोकको नामकरणको विषयमा भएको दुई पक्षबीचको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

शिलालेख राखिएको भवनमा ‘ताला’, पानी–बिजुली नभएको अर्को भवन उद्घाटनमा जाँदै प्रधानमन्त्री

बीपी प्रतिष्ठानअन्तर्गत रहेको मातृशिशु स्याहार केन्द्र भवन निर्माण थालिएको ११ वर्षमा पनि सम्पन्न भइसकेको छैन। पानी, बिजुलीसमेत जडान भइनसकेको त्यो भवन उद्घाटनका लागि प्रधानमन्त्री धरान जाने भएका छन्।

नमोबुद्ध–तेमाल सडकखण्डको स्तरोन्नति ८ महिनादेखि अलपत्र

सडक निर्माणलाई तीव्रता दिन पटक–पटक ताकेता गरेको तर ठेकेदार कम्पनीको बेवास्ता गरेका कारण आयोजना लथालिंगको अवस्थामा पुगेको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

विदेशमा कार्यरत नेपालीको जिउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरुको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदले सरकारसँग माग गरेका छन्।

कृषि मन्त्रालयका जग्गामा अरुकै कब्जा, आफ्नै नयाँ संरचना बनाउन भने जग्गा किन्दै

कृषि मन्त्रालय र मातहतका निकायको स्वामित्वमा देशभर रहेका जग्गा र तिनमा निर्मित संरचना सरकारकै अरु निकायदेखि भूमिहीनले कब्जा गरिरहँदा कृषिका नयाँ संरचना बनाउन भने जग्गा किन्नुपर्ने अवस्था आएको छ।

काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो

उक्त वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको छ।

मलेसियामा ११ महिनादेखि रोकिएको तिलमायाको शव नेपाल ल्याइँदै

छ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर रोजगारीका लागि मलेसिया गएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए।

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्लाका २३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ।

सगरमाथा संवादमा १६ विषयका सत्रमा छलफल हुने

सरकारका मुख्यसचिव एकनारायण अर्यालले जलवायुसम्बन्धी विभिन्न १६ विषयका सत्रमा हुने छलफलमार्फत नेपालले जलवायु न्यायका लाग वकालत गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताए।

कालीगण्डकी नदीमा २ मजदुर मृत फेला

पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन्।

जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन

होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएका आशु यादवका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्।