पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाइमा शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन हुन दिनु देशका सम्पूर्ण नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको छ।
राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन्। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि सो क्षेत्रमा शुक्रबार दिउँसो ४: २५ देखि कर्फ्यु लगाइएको थियो। शुरूमा राति १० बजेसम्म जारी गरिएको आदेश शनिबार बिहान सात बजेसम्म लम्ब्याइएको थियो।
प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।
प्रहरीले राजावादीको आन्दोलनमा संलग्न राप्रपाका नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणा र संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ।
पूर्वराजाका समर्थकहरूले जडीबुटी प्रशोधन केन्द्रमा लगाएको आगो ६ वटा दमकलले चार घण्टामा निभाएको जुद्ध वरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए।
दुई जनाको मृत्यु, राजधानीका दर्जनौँ ठाउँमा आगजनी, तोडफोड र लुटपाट हुँदै त्रासद अराजकता बनेको राजावादीको आन्दोलनलाई सरकारकै कमजोरीले कसरी मलजल गर्यो? कहाँ कसरी भयो सुरक्षामा चुक?
जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यूलाई शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याएको छ।
प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।
मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका पाँच जना जनाको अवस्था गम्भीर रहेको छ भने दुई जनाको अवस्था समान्य छन्।
राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ।
तीनकुने क्षेत्रमा कर्फ्युको आदेशपछि काठमाडौँ प्रशासनले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ।
राजसंस्था पुनर्स्थापनालगायतका माग गर्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।
काठमाडौँ प्रशासनले कोटेश्वर क्षेत्रमा कर्फ्युको आदेश जारी गरेसँगै कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालित भएको छ।
थाइल्यान्डमा भूकम्पबाट भवन ढल्दा भग्नावशेषमा पुरिएर तीन जनाको मृत्यु भएको छ।
राजवादीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बानेश्वरको तीनकुने क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ।