विज्ञप्तिमा ६ जना हराइरहेको अवस्थालाई ‘गम्भीर’ भन्दै राज्यविहीनसँगै भुटानी शरणार्थीको बेपत्ताबारे ध्यान दिन नेपाल तथा अमेरिका, राष्ट्रसंघीय शरणार्थी आयोगसहितका निकायलाई आह्वान गरिएको छ।
हिउँदे अधिवेशनमा १२ वटा विधेयक दर्ता भएकामा ५ वटा संघीय संसद्का दुवै सभाबाट पारित हुँदा चार वटा समितिमा विचाराधीन छन् भने तीन वटा सदनसमक्ष प्रस्तुत मात्र भएका छन्।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमतिबिना सञ्चालित ११ वटा निजी विद्यालयमा तालाबन्दी गरेको छ।
मंगलबार नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा कायम भएको छ।
मंगलबारदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंकक प्रस्थान गरेका छन्।
सुरेशसँग एभिन्युजमा करिब ८ वर्ष निरन्तर रिपोर्टिङ गरेको अनुभव थियो। उनले २०७९ सालमा हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए। तर यसपालि जोखिमबाटै उम्कन सकेनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मंगलबार निधन भएको हो।
नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ।
सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोलमा विद्युत् सर्ट भई आगलागी भएको छ। यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर सोमबार तीन बालकको मृत्यु भएको छ।
मधेश प्रदेश सरकारले बन्द गर्न दिएको निर्देशन अवज्ञा गर्दै बिरामीलाई भर्ना गरेर उपचार गर्ने जनकपुरधामको एक अस्पतालका दुई जना व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका मानबहादुर धानुक सम्पर्कविहीन भएको २८ वर्षपछि घर फर्किएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकले नागरिकतासहित तीन वटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
राप्रपाका सांसद धवलशमशेर राणा राज्यविरुद्धको कसुर अपराधमा पक्राउ परेकोबारे सदनलाई जानकारी गराइएको छ।
बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकासिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य बढेको छ।
वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो।
आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
‘हामीले राजनीति वा सरकार परिवर्तनकै नाममा पछिल्ला १२ वर्षको अवधिमा २० जना परराष्ट्रमन्त्री बनाएका रहेछौँ। त्यस्तै हतारोमा पहिले राजदूत नियुक्त गरेपछि मात्रै राजदूतावास खोलेका रहेछौँ।’