नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ।
अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।
गए राति भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
झापाको हल्दिबारी गाउँपालिका–४ को एक घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन्।
फेवातालको सुन्दरता र अस्तित्व जोगाउन स्थानीय समुदाय र महानगरपालिका सक्रिय भएका छन्। प्रदूषण र अतिक्रमणबाट ताललाई बचाउँदै संकलित जलकुम्भीलाई अब आयआर्जनको स्रोत बनाइनेछ।
सिन्धुलीको मधुगंगा महादेव मन्दिर परिसरमा हत्या भएका व्यक्तिको पहिचान खुलेको छ।
ठमेलस्थित एक होटलमा बस्दै आएका ती चिनियाँ नागरिकको साथबाट सुन र नगद बरामद गरिएको हो।
चार लेनमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ।
मधेश प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार गएको १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पानी परेको छ।
कर्णाली करिडोरमा कालीकोट, बाजुरा र हुम्ला खण्डका नौ वटा पक्की पुलको ठेक्का सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि निर्माण शुरू हुन सकेको छैन।
नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ।
दक्षिण कोरियाले रिटर्नी श्रमिकहरूको सीप पुँजी प्रयोग गरेरै देशको कायापलट गर्यो। तीन दशकदेखि श्रमिक निर्यात गरिरहेको नेपाल भने रिटर्नीबारे गम्भीर हुन नसक्दा वैदेशिक रोजगारीको अटुट श्रृंखला जारी छ।
महोत्तरीको गौशालामा गोरु बजारको ठेक्का विवादले झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।
धनुषा प्रहरीले एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।
लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि त्रिभुवन विमानस्थलको अध्यागमनमा खटाएको जनाएको छ।
काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।
सिरहा कारागारमा नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलानजिक कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।