फलोअप
माओवादी नेता–कार्यकर्ताको आडमा कब्जा गरिएको टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गाबारे अख्तियारले अनुसन्धान अघि बढाएको छ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो झगडाको आशंका गरिएको प्रहरीले जनाएको छ।
इजरायलमा इन्जिन पुर्याएपछि ए३२० विमान १४९ दिन ग्राउन्डेड भएको थियो। त्यो अवधिको क्षतिपूर्तिबापत निगमले आईएआईसँग ९५ लाख डलर माग गरेको छ। आईएआईले भने ५ लाख डलर मात्रै दिने अडान लिएको छ।
प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका त्रिशुली र भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ।
सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौँ लगानीको ‘विष्णु भवन’ वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ।
चितवन र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघको संख्या बढ्दै जाने हुँदा समस्या झन् जटिल बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्यांदी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड पनि अवरुद्ध छन्।
हायू परिवारका १६ जनालाई पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको छ।
सहमतिमा भएको शारीरिक सम्बन्धको भिडिओ र फोटो खिचेर ‘ब्लाकमेल’ गर्दै पटकपटक बलात्कार गरेको उजुरीपछि पनि प्रहरीले अनुसन्धानमा हेलचेक्र्याइँ गरेको थियो। त्यही हेलचेक्र्याइँ भयानक घटनाको कारण बनेको छ।
गुल्मीको रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार हायू परिवारका सबै सदस्यहरू शनिबार बेलुका ईभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएका थिए।
मधेशमा खडेरीका कारण खाद्य संकटको जोखिम बढेपछि विज्ञहरूले जलवायु परिवर्तनका असरलाई ध्यान दिँदै धानबालीको सट्टा सुक्खा अनुकूल बाली लगाउन सुझाव दिएका छन्।
ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रालाई घर पुर्याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।
सडकको बीच भागमा ठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्। प्रहरीले स्थानीयसँग मिलेर उनीहरूको खोजी शुरू गरेको छ।
रसुवास्थित गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका मोरङका दुई युवाको शव सोमबार निकालिएको छ।
सिन्धुलीका प्रमुख राजमार्गमा तीव्र गति, ट्राफिक नियमको बेवास्ता र जनचेतनाको कमीका कारण पछिल्लो एक वर्षमा ३० जनाभन्दा बढीको ज्यान गएको छ भने ५२२ जना घाइते भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन्।
हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भइरहेको छ।