पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीले संस्थानको स्वायत्तता र पठनपाठन सुचारु गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।
पर्वतको मादी गाउँपालिका–३, देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।
मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटान तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका छन्।
मौसम विज्ञान विभागले शनिबार साँझदेखि आइतबार बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ। पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कनकाईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ।
आर्थिक वर्ष २०८१/८२ मा मोरङमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।
रौतहटमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
पछिल्लो तीन महिनामा बाढीका मात्रै १३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ बाढी र पहिरोका कारण बारम्बार अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। यसको स्थायी समाधानका लागि स्थानीय र सवारीचालकले माग गरेका छन्।
साउने संक्रान्ति मनाउन लागि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।
पोखरा महानगरले फेवाताल संरक्षण अभियानअन्तर्गत तेस्रो चरणमा मुआब्जायोग्य कित्ताको क्षतिपूर्तिका लागि सिफारिस गर्ने र मुआब्जा प्राप्त गरेपछि मात्र जग्गा खाली गरिने जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा भने हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
पर्सामा रहेको श्री काशी श्यामराज राजेश्वरी गुठीको पाँच बिघा आठ कठ्ठा जग्गाको नक्कली लालपुर्जा भेटिएको छ। उक्त लालपुर्जा पर्सागढी नगरपालिका–४ का शेख मन्जारुल मियाँको नाममा छ।
महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ। ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन्।
कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ।
कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा घाँस काट्न गएका एक दम्पतीको पहिरोले पुरिएर मृत्यु भएको छ।
पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक मंगलबारबाट एकतर्फी सञ्चालनमा आएको छ।