AnonymousUser

Logout

गोसाइँकुण्डमा डुबेर २ जना बेपत्ता, खोज गर्न सुरक्षाकर्मी परिचालन

गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको छ।

चितवनमा कहिले होला विद्युत‍्को समस्या समाधान?

पश्चिम चितवनको चनौली सबस्टेसनमा विद्युत् भार बढेपछि आलोपालो प्रणालीमार्फत व्यवस्थापन थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

मकवानपुरमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पोखरामा विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

पक्राउ पर्नेहरूमा दुई जना मनी एक्सचेन्ज सञ्चालक र एक जना रेस्टुरेन्ट व्यवसायी रहेका छन्। उनीहरू वर्षौंदेखि बिनाअनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

वीरगन्जमा दमकलको सहायताले पानी बाँड्दै सेना (तस्वीर)

खानेपानीको चरम अभाव देखिएपछि वीरगन्जमा नेपाली सेनाले दमकलको सहायताले पानी वितरण गरिरहेको छ।

काभ्रे-सिन्धुपाल्चोक जोड्ने चेहेरे पुल ५ वर्षदेखि अलपत्र

सम्झौताअनुसार विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन्।

ताप्लेजुङमा जिप दुर्घटना: १ जनाको मृत्यु,  १ घाइते

सदरमुकाम फुङलिङबाट सिरिजंघा गाउँपालिकाको भन्ज्याङतर्फ जाने क्रममा आइतबार बिहान जिप दुर्घटनामा परेको हो।

बेनी–जोमसोम सडकमा पहिरो: आवतजावत ठप्प

म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध भएको छ।

जुडिबेला खानेपानी आयोजना: १० वर्षमा आधा काम, समस्यामा स्थानीय

२०७२ सालमा निर्माण शुरू भएको आयोजनाको अहिलेसम्म ५५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। आयोजना सम्पन्न नहुँदा स्थानीय आर्सेनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन्।

जोखिममा भटौली खोलाको पक्की पुल

वर्षायामसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठूलो क्षति पुग्ने स्थानीयको भनाइ छ।

चितवनमा आइतबार ६ घण्टा विद्युत् कटौती

नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले आइतबार विभिन्न फिडरहरूमा विद्युत् कटौती (लोडसेडिङ) गर्ने तालिका सार्वजनिक गरेको छ।

पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिको अनुमति लिनुपर्ने

पर्सामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएर अनुमतिसहित सिफारिस लिनुपर्ने भएको छ।

सिरहामा गोली प्रहार गरी लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सिरहामा प्रहरीले जाँचका लागि रोक्न खोज्दा भाग्ने प्रयास गरेका एक भारतीय नागरिकलाई गोली प्रहार गरी ५० ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको छ।

ललितपुर र काठमाडौँमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

काभ्रेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु, ५ घाइते

काभ्रेमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ भने नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुखसहित अन्य केही व्यक्ति घाइते भएका छन्।

मधेशमा खडेरी: धान खेतमा चिरा, किसानमा निराशा (तस्वीरहरू)

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेका छन् भने बोरिङको पानीले रोपाइँ गरेका खेतमा पनि धाँजा फाट्न थालेको छ।

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन्।

इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फिर्ता

इरानको जेलमा रहेका नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् उनीहरूलाई स्वदेश फर्काइएको हो।

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई–मधेशमा हावाहुरी

कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बाढीले पुल बगाएपछि खोटाङको फोक्सिङटारमा सामान ओसार्न ‘घिर्नी’को सहारा

फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि र त्यसको विकल्पमा जडान गरिएको अस्थायी बेलीब्रिज पनि झिकिएपछि अहिले सामान ढुवानी गर्न घिर्नी जडान गरिएको छ।