AnonymousUser

Logout

सुर्खेतमा नक्कली नोट र लागुऔषध कारोबार गर्ने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ लाख नक्कली नोट र ठूलो मात्रामा अफिमसहित नक्कली नोट छाप्ने तथा लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।

मालपोत कार्यालय भक्तपुरबाट साढे २४ लाख घुससहित तीन कर्मचारी पक्राउ

अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जनालाई २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

राजकुमार गुप्ताको राजीनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन्।

देशभरका छाउगोठ भत्काउन सांसदहरूको माग

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले निर्माणाधीन सुरुङ मार्ग, खानेपानी, सिँचाइ, मलखाद र छाउपडी उन्मूलनका लागि छाउगोठ भत्काउने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

नेप्से परिसूचकमा ३४.४६ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा कायम भएको छ भने नौ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

ओझा निलम्बनमा परेपछि पोखरेल बने बीमा प्राधिकरणको अध्यक्ष

नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल अध्यक्षमा नियुक्त भएका छन्।

दार्चुलामा तुइन चुँडिएर १ जना महाकालीमा बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका-२ दुम्लिङमा महाकाली तरेर भारततर्फ जानेक्रममा तुइन चुँडिदा एक जना नदीमा खसेर बेपत्ता भएका छन्।

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिनको माग

'भिजिट भिसा' र मन्त्रीको घूस प्रकरणको अडियो टेपबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपा र राप्रपाका सांसदहरूले संसद्मा माग गरेका छन्।

रोशी किनारको बस्ती जोगाउन तटबन्ध (तस्वीरहरू) 

रोशी खोलामा गत वर्षको असोजमा आएको बाढीले बस्तीमा क्षति पुगेको थियो। खोला किनारको बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै छ।

बबई नदीमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु

बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

पहिरोले बीपी राजमार्ग तीन स्थानमा अवरुद्ध

बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ माम्ती, वडा नं ९ खहरे खोला र बिरुवाडाँडामा पहिरो र लेदोले सडक पुर्दा यातायात अवरुद्ध भएको छ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

स्थानीयले दुवै जनालाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको हो।

काम नसकिँदै सकियो मुग्लिन–पोखरा सडकको पूर्वी खण्डको तेस्रो म्याद

मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले कालोपत्रेबाहेकका काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरेको छ।

दाङस्थित बबई नदीमा बगेर २ किशोरको मृत्यु

दाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा बगेर दुई किशोरको मृत्यु भएको छ।

कञ्चनजंगा पदमार्गको पुल बाढीले बगायो

पुल बगाएपछि तत्कालका लागि कञ्चनजंगा साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ।

करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर रुकुम पश्चिम र नवलपरासीमा गरी दुई जनाको मृत्यु भएको छ।

झ्याप्लेखोलामा यसरी हुँदै पहिरो रोकथाम (तस्वीरहरू)

नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत झ्याप्लेखोलामा गत वर्ष असोज १२ गते गएको पहिरोले पुर्‍याएको क्षतिपछि अहिले सडक पुनर्निर्माण र पहिरो रोकथामको काम सँगसँगै भइरहेको छ।

गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण

प्रतिनिधिसभामा सांसदले गण्डक सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी उपलब्ध गराउन, सिँचाइको अभावले तराई/मधेशमा रोपाइँमा आएको कमी र खाद्य अभावको जोखिमलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बाजुरामा बुढीगंगा नदीले बगाउँदा १ जनाको मृत्यु

बाजुराको बुढीगंगा नगरपालिकास्थित बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ।

गोली प्रहारबाट किशोरीको मृत्यु

सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ।