AnonymousUser

Logout

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चोभारमा खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारमा आइतबार खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

मौरी विकास कार्यक्रम भण्डारा पहिलो पटक कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन गर्न सफल भएको छ।

छाउगोठ नभत्काए १० हजार जरिबाना

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार रुपैयाँ जरिबाना गर्ने भएको छ।

झापामा टिपरको ठक्करबाट १ जनाको मृत्यु

दमक नगरपालिका–३ संगम, चोकमा टिपरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। 

रसुवामा भारी वर्षा हुने चिनियाँ पक्षको सूचना, सतर्क रहन प्रशासनको आग्रह

रसुवा प्रशासनले जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार जिल्लामा केही दिन भारी वर्षा हुने र नदीको बहाव बढ्ने सम्भावना रहेको भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिनिधिसभामा मन्त्रीका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदले मन्त्रीहरूमाथि लागेको घुसको आरोपको जवाफ दिन र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मौद्रिक नीतिपछि पुँजी बजारमा सुधार, नेप्से परिसूचक २९ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० बिन्दुमा कायम भएको छ भने ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

असार सकिन लाग्दा पनि तराईमा पर्याप्त वर्षा नभएर रोपाइँ हुन नसकेपछि सांसदहरूले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहतका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान, क्षतिको विवरण संकलन हुँदै

ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुंगा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन्।

छाउगोठमा सुतिरहेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंलाई महिनावारी भएको समयमा आँगन छेउमा रहेको गोठमा सुतिरहेको बेला सर्पले टोकेको थियो ।

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

शनिबार साँझ नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा उनको निधन भएको हो। 

लोघेकर दामोदरकुण्डमा परम्परागत घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत ढुंगा र माटोले बनेका घरहरूको मौलिकता जोगाउन अब भित्ता सेतो तथा छत, झ्याल र ढोका कालो हुनुपर्ने मापदण्ड तोकेको छ।

बाढी र पहिरोले ५ राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण पाँच राजमार्ग अवरुद्ध भएका छन् भने केही स्थानमा यातायात आंशिक रूपमा मात्र सञ्चालनमा आएका छन्।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

चन्द्रागिरिका वडा नं १, २ र ३ अव्यवस्थित विकास निर्माणका कारण यस वर्ष पनि पहिरोको उच्च जोखिममा छन्।

मधेश प्रदेशसभा बैठक अवरुद्ध, बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम राखेपछि विवाद

मधेश प्रदेशसभाको बैठक बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम राखिएको भन्दै प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ।

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको भन्दै टानले चीन सरकारसँग कूटनीतिक पहल गरी अन्य नाकाबाट यात्रा सहज बनाउन माग गरेको छ।

सिमलताल दुर्घटनाको एक वर्ष: भेटिएनन् ३९ यात्रु

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो। बाँकी बेपत्ता छन्।

टिमुरे भन्सारमा गाडीको बिजोग [तस्वीरहरू]

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जिप शनिबार बिहान बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ।