AnonymousUser

Logout

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

विपद्: तीन महिनामा ९३ जनाको मृत्यु, २२ बेपत्ता

पछिल्लो तीन महिनामा बाढीका मात्रै १३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।

कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ बाढी र पहिरोका कारण बारम्बार अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। यसको स्थायी समाधानका लागि स्थानीय र सवारीचालकले माग गरेका छन्।

साउने संक्रान्ति मनाउन पशुपतिनाथमा भक्तजनको चहलपहल (तस्वीरहरू)

साउने संक्रान्ति मनाउन लागि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।

फेवातालमा पोल गाड्ने काम सकियो, अब ६५ मिटरभित्रका कित्ता वर्गीकरण गरिने

पोखरा महानगरले फेवाताल संरक्षण अभियानअन्तर्गत तेस्रो चरणमा मुआब्जायोग्य कित्ताको क्षतिपूर्तिका लागि सिफारिस गर्ने र मुआब्जा प्राप्त गरेपछि मात्र जग्गा खाली गरिने जनाएको छ।

बिहीबार ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा भने हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

गुठीको साढे पाँच बिघा जग्गा हडप्न नक्कली लालपुर्जा

पर्सामा रहेको श्री काशी श्यामराज राजेश्वरी गुठीको पाँच बिघा आठ कठ्ठा जग्गाको नक्कली लालपुर्जा भेटिएको छ। उक्त लालपुर्जा पर्सागढी नगरपालिका–४ का शेख मन्जारुल मियाँको नाममा छ।

महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ

महानगर यातायात प्रालिले आजदेखि  विद्युतीय बस सञ्चालनमा ल्याएको छ। ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन्।

भारतको गुजरातबाट ५ नेपाली मजदुरको उद्धार

कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ।

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

अर्घाखाँचीमा पहिरोमा पुरिएर एकै परिवारका २ जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा घाँस काट्न गएका एक दम्पतीको पहिरोले पुरिएर मृत्यु भएको छ।

कालीगण्डकी करिडोर २ दिनपछि खुल्यो

पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक मंगलबारबाट एकतर्फी सञ्चालनमा आएको छ।

सुर्खेतमा नक्कली नोट र लागुऔषध कारोबार गर्ने गिरोह पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ लाख नक्कली नोट र ठूलो मात्रामा अफिमसहित नक्कली नोट छाप्ने तथा लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।

मालपोत कार्यालय भक्तपुरबाट साढे २४ लाख घुससहित तीन कर्मचारी पक्राउ

अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जनालाई २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

राजकुमार गुप्ताको राजीनापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन्।

देशभरका छाउगोठ भत्काउन सांसदहरूको माग

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले निर्माणाधीन सुरुङ मार्ग, खानेपानी, सिँचाइ, मलखाद र छाउपडी उन्मूलनका लागि छाउगोठ भत्काउने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

नेप्से परिसूचकमा ३४.४६ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा कायम भएको छ भने नौ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

ओझा निलम्बनमा परेपछि पोखरेल बने बीमा प्राधिकरणको अध्यक्ष

नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल अध्यक्षमा नियुक्त भएका छन्।

दार्चुलामा तुइन चुँडिएर १ जना महाकालीमा बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका-२ दुम्लिङमा महाकाली तरेर भारततर्फ जानेक्रममा तुइन चुँडिदा एक जना नदीमा खसेर बेपत्ता भएका छन्।

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिनको माग

'भिजिट भिसा' र मन्त्रीको घूस प्रकरणको अडियो टेपबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपा र राप्रपाका सांसदहरूले संसद्मा माग गरेका छन्।