AnonymousUser

Logout

नारायणघाट–बुटवल सडक: १ वर्ष म्याद थप्ने तयारी

चार लेनमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ।

मधेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय मन्त्रीहरू बीच छलफल

मधेश प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार गएको १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पानी परेको छ।

कर्णाली करिडोरका ९ पुल निर्माणमा ढिलाइ, ३ वर्षदेखि काम ठप्प

कर्णाली करिडोरमा कालीकोट, बाजुरा र हुम्ला खण्डका नौ वटा पक्की पुलको ठेक्का सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि निर्माण शुरू हुन सकेको छैन।

नारायणी नदीमा डुबेर किशोरको मृत्यु

नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ।

रिटर्नी माइग्रेन्टको व्यवस्थापन नहुँदा चलिरहेको वैदेशिक रोजगारीको गोलचक्कर

दक्षिण कोरियाले रिटर्नी श्रमिकहरूको सीप पुँजी प्रयोग गरेरै देशको कायापलट गर्‍यो। तीन दशकदेखि श्रमिक निर्यात गरिरहेको नेपाल भने रिटर्नीबारे गम्भीर हुन नसक्दा वैदेशिक रोजगारीको अटुट श्रृंखला जारी छ।

गोरु बजारको ठेक्का विवादले गौशालामा झडप हुँदा वडाध्यक्षसहित पाँच घाइते

महोत्तरीको गौशालामा गोरु बजारको ठेक्का विवादले झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।

युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा युवती पक्राउ

धनुषा प्रहरीले एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।

अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि त्रिभुवन विमानस्थलको अध्यागमनमा खटाएको जनाएको छ।

अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।

सिरहा कारागारमा नाइके तोक्ने विषयलाई लिएर कैदीबन्दीबीच झडप, १३ जना घाइते

सिरहा कारागारमा नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

नारायणगढ-मुग्लिन सडकमा ढुंगा खस्दा ३ भारतीय नागरिक घाइते

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलानजिक कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीले संस्थानको स्वायत्तता र पठनपाठन सुचारु गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिएर बेपत्ता भएका दम्पतीको शव फेला

पर्वतको मादी गाउँपालिका–३, देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

बाढीपहिरोबाट देशभर ११ राजमार्ग पूर्ण अवरुद्ध

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

बुटवल–नारायणगढ दाउन्ने सडकः १ वर्षमा ६३ पटक बन्द

वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटान तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ।

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका छन्।

बाढीको जोखिम: जलविद्युत् आयोजनालाई सतर्क रहन इप्पानको आग्रह

मौसम विज्ञान विभागले शनिबार साँझदेखि आइतबार बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ। पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कनकाईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ।

मोरङमा जंगली हात्तीको आक्रमणबाट १ वर्षमा ५ जनाको मृत्यु

आर्थिक वर्ष २०८१/८२ मा मोरङमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहटमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।