AnonymousUser

Logout

रविको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश

अमेरिकी नागरिकता त्यागसम्बन्धी निस्सा पेश गर्न नलगाई कायम नरहेको नागरिकताको प्रतिलिपि उपलब्ध गराई सोही आधारमा लामिछाने उपनिर्वाचनमा उम्मेदवार बनेको रिट निवेदनमा उल्लेख छ।

‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’

फैसलाको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ।

सर्वोच्चको परमादेश : ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिवेदन पेस गर्नू’

आदेशमा २०७६ सालमा पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के–कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो? भनी सरकारलाई प्रश्न गरिएको छ।

रास्वपा सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा, रिट खारेज गर्नुपर्ने माग

आफूले राहदानी ऐन विपरीतको कसुर कहिले पनि नगरेको र राहदानी लिएर अरूलाई असर पार्ने कामसमेत नगरेको दाबी रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरे‍को लिखित जवाफमा छ।

अदालतमा ‘अटोमेसन’को दबाब : बारको पटक–पटक ‘अल्टिमेटम’, सर्वोच्चमा छैन सुरसार

मुद्दाको पेसीलाई ‘अटोमेसन’ प्रणालीमा लैजान नेपाल बार एसोसिएसनले आन्दोलनको चेतावनीसहित कामु प्रधानन्यायाधीशलाई पटक–पटक समयसीमा तोके पनि सर्वोच्च अदालतमा त्यस्तो कुनै तयारी छैन।

प्रधानन्यायाधीश नियुक्त अविलम्ब गर्न नेपाल बारको आग्रह

एशोसिएसनका महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेकी छन्।

भ्रष्टाचार मुद्दामा हुम्लाका तत्कालीन प्रहरी प्रमुख चन्द र सई ठकुरीलाई ३ वर्ष कैद सजाय

विशेष अदालतले हुम्लाका तत्कालीन प्रहरी प्रमुख, डीएसपी त्रिलोकबहादुर चन्द र सई माधवचन्द ठकुरीलाई तीन/तीन वर्ष कैद सजाय र जनही १५ लाख ४५ हजार रुपैयाँ जरिबाना तोकिएको छ।

काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश : सिंहदरबारसहितका स्थानको फोहोर ३ दिनभित्र उठाउनू

सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबारसहितका स्थानको फोहोर उठाउन आदेश दिएको छ।

सुकुमबासी बस्ती खाली गर्ने महानगरको निर्णयविरुद्ध परेको रिटमा वैशाख १३ गते छलफल हुने

सुकुमबासी बस्ती तत्काल खाली गर्ने महानगरको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई जारी राख्दै वैशाख १३ गते छलफलको मिति तोकेको छ।

सिंहदरबारको फोहोर नउठाउने काठमाडौँका मेयर बालेन शाहको निर्णयविरुद्ध सर्वोच्चमा रिट

अधिवक्ता पदमबहादुर श्रेष्ठले नियमित फोहोर संकलन नहुँदा सर्वसाधारणको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हनन भएको भन्दै सर्वोच्चमा रिट निवदेन दायर गरे‍का छन्।

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी 

विशेष अदालतबाट नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

‘होस्टाइल’ बन्दै र सत्ता–शक्तिको दुरुपयोग चिर्दै पीडितले जितेको नाबालिग बलात्कारको मुद्दा

राजनीतिक र आर्थिक रूपमा ‘शक्तिशाली’ चटौत परिवारले पीडित र उनका परिवारलाई ‘होस्टाइल’ बनाएर बयान फेर्न लगाए, राज्य–संयन्त्र प्रयोग गरे। तर, अदालतले पीडित ‘होस्टाइल’ भएको निष्कर्ष निकालेरै फैसला सुनायो।

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरी पक्राउ

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको छ।

पुर्पक्षमा पठाएको तीन दिनमै अन्तिम फैसला, अभियुक्तलाई सफाइ

न्यायको पर्खाइमा बसेका पीडितले अदालतबाट मुद्दा निरूपण हुन वर्षौं कुरिरहनुपरेको छ, सिरहा जिल्ला अदालतले भने पुर्पक्षका लागि थुनामा पठाइएका अभियुक्तलाई तीन दिनमै अन्तिम फैसला गरेर सफाइ दिएको छ। 

रविविरुद्ध राहदानी मुद्दा नचलाउने निर्णयको स्वामित्व हामी लिन्छौँ : महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले रास्वपा सभापित लामिछानेको राहदानीसम्बन्धी विवाद प्रमाणहरूको मूल्यांकन गरी प्रक्रियागत रूपमा नै टुंग्याइएको दाबी गरेका छन्।

पोखरा–१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

मतगणनामा धाँधली भएको भन्दै नेकपा एमालेका पुष्कलबहादुर थापाले उच्च अदालत पोखरामा पुनः मतगणनाको माग गर्दै रिट दायर गरेका थिए।

रवि लामिछानेको राहदानी विवादबारे बुधबार सुनुवाइ हुने

रास्वपाका सभापति लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

विशेषले कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २१ जना प्रतिवादीलाई सफाइ दिन लिएका आधार त्रुटिपूर्ण रहेको बेहोरा उल्लेख गर्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको छ।

रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, मंगलबार पेसी

रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ।

रविविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।