AnonymousUser

Logout

सरकारी वकिलको दाबी– कार्यविधि पालना नगरेकै आधारमा लामिछाने गैरनागरिक हुँदैनन्

सरकारी वकिलले गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता प्राप्तिका लागि कार्यविधिको पालना नगरेको स्वीकार गरेका छन्।

संवैधानिक इजलासमा रिट निवेदकको जिकिर– रवि लामिछाने नेपाली नागरिक होइनन्

बहसकर्ता अधिवक्ता रविराज बसौलाले कानूनले तोकेबमोजिम नागरिकता नलिएकाले गृहमन्त्री लामिछाने नेपाली मूलको नागरिक नै नभएको जिकिर गरे।

प्रदेश–१ को मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुखले वरिष्ठअधिवक्ता गजेन्द्र आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका छन्।

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ जारी

सर्वोच्च अदालतको संवैधानिक इजलासमा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ।

प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै रिट

प्रज्ञाप्रतिष्ठानको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञाप्रतिष्ठानलाईविरुद्ध रिट परेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकार निर्माण अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकार निर्माणसम्बन्धी कुनै पनि काम गर्न पाइने छैन। सर्वोच्चले आगामी माघ ९ गते पूर्ण छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

धरौटी रकम बुझाएर थुनामुक्त भए सन्दीप लामिछाने

सन्दीप लामिछाने उच्च अदालत पाटनको आदेशपछि धरौटी रकम बुझाएर थुनामुक्त भएका छन्।

११ वर्ष कैद माग गरिएका अख्तियार पूर्वआयुक्तलाई ३ वर्ष ३ महिना जेल सजाय, के हो मुद्दा?

अख्तियारले आफ्ना पूर्वआयुक्त पाठकले भ्रष्टाचार गरेको दाबीसहित ११ वर्ष जेल सजाय हुनुपर्ने माग गरे पनि अदालतले भने भ्रष्टाचारमा ‘उद्योग गरेको’ ठहर गर्दै ३ वर्ष ३ महिना कैद सजाय हुने फैसला सुनाएको छ।

गृहमन्त्रीविरुद्धको रिटमा माघ ११ गते पूर्ण सुनुवाइ, प्रहरी प्रतिवेदनसहितका कागजात झिकाइयो

आदेशमा अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयबाट झिकाउन भनिएको छ।

रवि लामिछानेको नागरिकताबारे सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, रिटलाई अग्राधिकार

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै मुद्दा टुंगो नलाग्दासम्म उनको सांसद र मन्त्री पद कायमै रहने भएको छ।

मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियारले हेर्न नपाउने व्यवस्थाविरुद्धको रिटमा कारण देखाउ आदेश

मन्त्रिपरिषद्का नीतिगत निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नपाउने व्यवस्थाविरुद्ध परेको रिटमा संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्चको आदेश– ‘६ महिनासम्म प्रयोगमा नआएका सिम पुनः वितरण नगर्नू’

सर्वोच्च अदालतले ६ महिनासम्म प्रयोगमा नआएका सिम पुनः वितरण गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

जरिबाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध बालेनले दिए सर्वोच्चमा रिट

रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश माग गरिएको छ।

सरकारी वकिलको सेवा–सर्तसम्बन्धी छुट्टै ऐन बनाउने प्रयत्न गर्नेछु : महान्यायाधिवक्ता पोखरेल

नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पदबहाली गर्दै सरकारी वकिलका सेवा–सर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सन्दीपविरुद्ध जाहेरी दिने किशोरी जन्मिएको अस्पतालबाट कागजात झिकाउन आदेश

काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।

भ्रष्टाचार मुद्दा खेपिरहेका सांसद टेकबहादुर गुरुङ निलम्बित

संघीय संसद्का महासचिव गौतमले अख्तियारको पत्रका आधारमा सांसद गुरुङ भ्रष्टाचार निवारण ऐन २०७५ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा परेको जानकारी दिए।

सन्दीपलाई कारागारमा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दर्ता भएको पुनरावेदन मुद्दा बिहीबारका लागि स्थगित भएको छ।

चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले १५ दिनभित्र शोभराजलाई आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ।

अध्यादेश खारेजीको रिट सर्वोच्च अदालतद्वारा दरपीठ

सर्वोच्च अदालतले फौजदारी कार्यविधि संहिता,२०७४ संशोधन गर्न राष्ट्रपतिसमक्ष पेस भएको अध्यादेश रोक्न दायर रिटलाई अपरिपक्क भन्दै दरपीठ गरिदिएको छ।

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट, प्रारम्भिक सुनुवाइ पुस ६ मा

रास्वपा सभापति लामिछानेको नागरिकता विवादलाई लिएर उनको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।