AnonymousUser

Logout

गलत लिखत बनाइ श्रीमतीलाई राहत शिक्षक नियुक्त गर्ने प्रधानाध्यापकले पाए सफाइ

गलत लिखत तयार गरी श्रीमतीलाई राहत शिक्षक कोटामा नियुक्ति गरेको अभियोग लागेका पूर्वप्रधानाध्यापक रमेश तिवारीलाई विशेष अदालतले मंगलबार सफाइ दिएको छ।

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गरिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै पेस गरिएको रिट निवेदनलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

नियुक्ति नै नपाएको व्यक्तिलाई शिक्षक कायम गर्ने ६ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता

नियुक्ति नै नपाएको व्यक्तिलाई झुट्टा सरुवापत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोपमा बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अध्यागमनका तत्कालीन अधिकृत पराजुलीको मुद्दामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियारले अध्यागमनका तत्कालीन अधिकृत कमलप्रसाद पराजुलीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

फागुन १ गतेलाई 'जनयुद्ध दिवस'का रूपमा मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

राजस्व हिनामिनाको मुद्दामा इटहरी यातायात कार्यालयका ४ उपसचिवसहित ११ कर्मचारीलाई कैद सजाय

राजस्व रकम हिनामिना मुद्दामा ४ उपसचिवसहित ११ कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको छ।

खानी विभागका महानिर्देशक घिमिरेसहित २७ जनालाई विशेष अदालतले दियो सफाइ

विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनालाई सफाइ दिएको छ।

न्यायाधीशहरूको कमीले अपेक्षित न्याय सम्पादन हुन सकेन : कामु प्रधानन्यायाधीश कार्की

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा बढ्दै जाने, तर न्यायाधीशहरूको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रिनुपरेको बताएका छन्।

अन्नपूर्ण क्षेत्रमा केबलकार बनाउने निर्णयविरुद्धको रिटमा प्रकृति कोषलाई पनि विपक्षी बनाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अन्नपूर्ण संरक्षण क्षेत्रमा केबलकारसहितका संरचना बनाउन दिने सरकारको निर्णयविरुद्धको रिटमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पनि विपक्षी बनाउन आदेश दिएको छ।

दीपक मनाङेको सांसद पद खारेजीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

दीपक मनाङे सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

राजस्व हिनामिना मुद्दामा यातायातका ८ कर्मचारी दोषी ठहर

विशेष अदालतले यातायात व्यवस्था कार्यालय इटहरी कोशीका तत्कालीन उपसचिव रमेशप्रसाद दाहालसहित ८ कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ।

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपानेलाई ९ वर्ष कैद, निलम्बित सांसद गुरुङलाई सवा करोड जरिबाना

विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री बद्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार जरिबाना निर्धारण गरेको छ भने टेकबहादुर गुरुङलाई १ करोड २१ लाख जरिबाना तोकेको छ।

प्रधानमन्त्री दाहालविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

प्रधानमन्त्री एवं मा‌ओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन बिहीबार 'हेर्न नभ्याइने'मा परेको छ।

हकदैयाबारे सर्वोच्चको व्याख्या– ‘उम्मेदवारको योग्यतामा प्रश्न गर्ने हक प्रत्येक नेपालीलाई छ’

रविविरुद्धको रिटमा निवेदकको हकदैया नलाग्ने विपक्षीहरूको जिकिरलाई अस्वीकार गर्दै सर्वोच्चले भनेको छ, 'प्रत्येक नेपालीलाई यो हक छ, यसलाई सार्वजनिक सरोकारको विवाद मानेर निरूपण गर्नु संविधानसम्मत हुन्छ।'

सर्वोच्चले भन्यो– ‘रविको राहदानी विवाद प्रचलित कानूनबमोजिम निरूपण गरिनुपर्ने विषय’ [पूर्णपाठ]

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको दोहोरो राहदानीको विषय 'प्रचलित कानूनबमोजिम निरूपण हुनुपर्ने' उल्लेख गरेको छ।

रिट निवेदकको प्रश्न: ‘५ हजार मान्छे मार्ने व्यक्ति देशको प्रधानमन्त्री बन्न मिल्छ?’

प्रधानमन्त्री दाहालविरुद्ध रिट निवेदन दिएका शिवकुमार बुढाथोकीले '५ हजार मानिस मारेको जिम्मा लिने अभिव्यक्ति दिने व्यक्ति कानूनको कठघरामा उभिनु पर्छ कि पर्दैन?' भनी प्रश्न गरेका छन्।

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा के छ? (पूर्णपाठ)

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।

९ दलको वाचा– ‘संक्रमणकालीन न्यायको विधेयक चालू अधिवेशनमै पेस गर्छौं’

सत्ता समर्थित नौ दलको बैठकले सर्वोच्च अदालतको आदेशबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को चालु अधिवेशनमै पेस गर्ने निर्णय गरेको छ।

सर्वोच्चले भन्यो : द्वन्द्वकालीन न्यायलाई अनन्तकालसम्म अल्झाउन मिल्दैन

'द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूको न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न मिल्ने देखिँदैन'

मिटरब्याजी श्याम परदेशीलाई धौरटीमा रिहा गर्न विशेष अदालतको आदेश

विशेष अदालतले मिटरब्याजी श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साहलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।