AnonymousUser

Logout

निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई १५ हजार जरिबाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा भ्याट नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश – ‘पीडितलाई ३० लाख क्षतिपूर्ति दिनू’

काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट डा. आयुष्मा रेग्मीले तयार पारेको प्रतिवेदनबमोजिम ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपबाट साइड इफेक्ट भएको प्रमाणित भएको अदालतको ठहर थियो।

संविधानविद् विपिन अधिकारी भन्छन् – कोशीमा थापा नै काम चलाउ मुख्यमन्त्री

संविधानविद् डा. विपिन अधिकारीका अनुसार संविधानले सरकारको पदको रिक्तताको व्यवस्था नगरेकाले अर्को सरकार विधिवत् रूपमा गठन नहुँदासम्म ‘केयरटेकर’ रूपमा काम गर्नुपर्छ।

प्रेम चलाउनेको मुद्दा यथाशीघ्र टुंग्याउन काठमाडौँ जिल्ला अदालतलाई सर्वोच्चको आदेश

सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको इजलासले मुद्दाको सबै अंग पुगिसको र मुद्दा पुरानो भइसकेको भन्दै यथाशीघ्र टुंगोमा पुर्‍याउन काठमाडौँ जिल्ला अदालतलाई आदेश दिएको छ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्दाहेर्दैमा

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलबार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

कोशी प्रदेश सरकारविरुद्धको रिट खतिवडा, भट्टराई र श्रेष्ठको पूर्ण इजलासमा 

यसअघि न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरूपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। 

एक वर्षदेखि रिक्त टीआरसी भन्छ– ‘पदाधिकारी पाएपछि पूर्वबालसैन्यलाई न्याय दिन्छौँ’

सत्य निरूपण तथा मेलमिलाप आयोगले एक वर्षदेखि खाली रहेको आयोगमा नयाँ पदाधिकारी आएपछि पूर्वबालसैन्यको उजुरीमाथि अनुसन्धान हुने आश्वासनसहित रिट खारेजीका लागि सर्वोच्च अदालतसँग माग गरेको छ।

सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ : द्वन्द्वकालमा बालसेना प्रयोग गरिएको छैन

प्रधानमन्त्री दाहालले २०६३ जेठअघि सेवा प्रवेश गरेका, बालिग, सक्षम, कर्तव्य पालनामा नियमित र सक्रिय रूपमा खटिएकाबाहेक अन्यलाई माओवादी सेना नमानेको जवाफ पेश गर्दै रिट खारेज गर्न माग गरेका छन्।

कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ पूर्ण इजलासमा हुने

सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।

ललिता निवास प्रकरण : दुई जना नक्कली मोही पक्राउ

नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। 

ललितानिवास प्रकरण: सञ्चारसचिव राउत कसरी छुटे, अरूको रिट र अन्तरिम आदेश किन खारेज भयो?

ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिवलाई थुनामुक्त गरेको सर्वोच्चले भाटभटेनीका सञ्चालकसहित अरू प्रतिवादीका रिट र उनीहरूको पक्षमा दिइएका यसअघिका अन्तरिम आदेश खारेज गर्न समातेका कानूनी आधारः

ललिता निवास प्रकरण : सर्वोच्चले ‘स्टे अर्डर’ खारेज गरेसँगै कलाधर देउजा पक्राउ

सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजालाई पक्राउ गरेको छ। 

मीनबहादुर गुरुङलगायतको रिट खारेज, ‘स्टे अर्डर’ लिएकालाई पनि पक्राउ गर्ने बाटो खुल्यो

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। सर्वोच्चले यही प्रकरणमा जोडिएका १७ जनाको ‘स्टे अडर’ पनि खारेज गर्ने निर्णय गरेको छ।

ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ​ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।

सांसदलाई ५ करोड बजेट नदिन माग गर्दै पेश भएको रिट सर्वोच्चमा दर्ता

हरेक संसदीय क्षेत्रमा ५ करोड रुपैयाँ दिने पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगराउन माग गर्दै पेश भएको रिट सर्वोच्चमा बुधबार दर्ता भएको छ। रिटको पेसी बिहीबार छ।

फोहोरमैलाका गाडीबाट शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

फोहोर बोक्ने गाडी प्रवेशमा शुल्क लिने निर्णय संविधानको धारा २२८ (२) र धारा २३६, फोहोरमैला व्यवस्थापन ऐन तथा स्थानीय सरकार सञ्चालन ऐनमा रहेका प्रावधानअनुकूल नदेखिएको अन्तरिम आदेशमा उल्लेख छ।

ललिता निवास प्रकरणको बुधबार पनि सुनुवाइ हुने

सर्वोच्च अदालतले ललिता निवास प्रकरणसम्बन्धी ६ थान रिट निवेदनलाई एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ।

तस्करीको सुन बिक्रीमा संलग्न ५ जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तारेखमा छोड्ने आदेश दिएको छ।

ललिता निवास प्रकरण : १७ जनामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

अदालतले आरोपीमाथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।