नेपालमा भिडियो शेयरिङ एप टिकटक प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ।
रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालतमा मंगलबार र बुधबार बहस चलिरहँदा समर्थकले राजपुरमा उनी छुट्ने भन्दै पटका पड्काएर खुसियाली मनाएका थिए।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले बहसनोट पेस गर्न आदेश दिएको छ।
अख्तियारले राजस्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सर्वोच्चको परमादेशलगत्तै प्रहरीले ढकाललाई नेपालगन्जबाट पक्राउ गरिसकेको छ। अब अदालतको आदेशानुसार ढकालले ११ वर्ष, ११ महिना, पाँच दिन बाँकी कैद भुक्तान गर्नुपर्ने छ।
सर्वोच्च अदालतले रिगल ढकाललाई कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार आदेश सुनाउने भएको छ।
मंगलबार मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएकोमा बुधबार बाँकी सुनुवाइ हुँदैछ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
संघीय सरकारले बनाएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको छ।
काठमाडौँ जिल्ला अदालतले तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका राहुल महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बिहीबार पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन।
अख्तियारले सर्प पाल्ने नाममा प्राप्त १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा दिई सम्पूर्ण रकम खर्च भइसक्दासमेत योजनाको उद्देश्य प्राप्तितर्फ शून्य प्रगति रहेको जनाएको छ।
काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको छ।
सर्वोच्च अदालतले रिटलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले गत साउन २३ मा गरेको फैसलाको पूर्णपाठमा जिल्ला प्रशासन कार्यालय ललितपुरलाई आमाको नाम मात्र राखेर पनि नागरिकता दिन भनिएको छ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि सन्दीप विरुद्धको मुद्दा स्थगित भएको हो। यसअघि गत सोमबार पनि उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो।
न्याय परिषद्को ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।
संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।