AnonymousUser

Logout

कांग्रेसमा नयाँ विकासक्रम, देउवालाई राष्ट्रपतिमा अघि सार्नेबारे छलफल

माओवादीको समर्थन र एमालेको सम्भावित ‘मूभ’बारे ढुक्क हुन नसकेको कांग्रेसमा त्यसका लागि सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिमा अघि सार्नेबारे छलफल शुरू भएको छ।

कांग्रेसले नै रोकिराखेको कांग्रेसको गति

प्रजातन्त्र दिवसमा कांग्रेस ‘कतै नदेखिनु’ पछिल्लो दृष्टान्त मात्र हो। आकारमा पहिलो दल भए पनि भूमिकामा कांग्रेसलाई देख्ने–सुन्ने बन्न नदिने काम अरूले नभई कांग्रेसभित्रकै भद्रगोल अवस्थाले गरिरहेको छ।

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारीमा माओवादी, संकटको डिलमा गठबन्धन

सत्तागठबन्धनको प्रमुख हिस्सेदार, माओवादी केन्द्र राष्ट्रपतिमा कांग्रेसलाई सघाउने ‘मनस्थिति’मा पुगेको देखिन्छ। माओवादीका कारण राष्ट्रपति गुम्दा एमाले के गर्छ भन्ने तस्वीर भने प्रष्ट भइसकेको छैन।

किन आए भारतीय विदेश सचिव?

राष्ट्रपति निर्वाचनलाई लिएर वर्तमान सत्तागठबन्धनको भविष्यमाथि नै टीकाटिप्पणी भइरहँदा काठमाडौँ ओर्लिएका भारतीय विदेशसचिव र उनका उच्चस्तरीय राजनीतिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

बालमन्दिरको थप जग्गा हडप्ने प्रयास, २९ रोपनी जग्गामा मिश्रको ‘कब्जा’

नेपाल बाल संगठनको तत्कालीन 'भ्रष्ट नेतृत्व'ले अनाथ बालबालिकाका निम्ति बालमन्दिर सञ्चालन गर्न जोरजाम गरिएको जग्गा र त्यसमै रहेको सीता दरबार कसरी व्यापारीलाई सुम्पिएको थियो भन्ने थप खुलासा:

पार्टी भद्रगोल, कांग्रेसको ‘अर्जुनदृष्टि’ राष्ट्रपतिमा

संसद्को पहिलो दल कांग्रेस प्रमुख प्रतिपक्ष हो, तर अहिलेका सबैजसो गतिविधि सत्ताकेन्द्रित छन्। राष्ट्रपति पाउन जोडबल लगाइरहँदा बेवास्तामा परेको पार्टीको भद्रगोल अवस्थाले त्यही बताउँछ।

लुकाइयो बालमन्दिरको जग्गा बृहस्पतिलाई सुम्पने सम्झौता कानूनविपरीत ठहर्‍याएको आयोग प्रतिवेदन

उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन नलुकाइएको भए बालमन्दिरको जग्गा व्यापारीबाट फिर्ता ल्याउने र बाल संगठनको भ्रष्ट नेतृत्वलाई दण्डित गर्ने प्रक्रिया तीन वर्ष पहिल्यै शुरू हुनसक्थ्यो।

राष्ट्रपति पदले एमाले–माओवादी सम्बन्धमा तनाव बढ्दै, के होला निर्वाचनसम्म?

अब बन्ने राष्ट्रपतिलाई लिएर सत्तागठबन्धनका प्रमुख दुई घटक एमाले र माओवादीबीच नजानिँदो तवरले विवाद बढ्ने संकेत देखिइरहँदा एक महिनापछि हुने राष्ट्रपति निर्वाचनसम्म परिदृश्य थप रोचक बन्ने देखिन्छ।

बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ

अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति हडप्न एउटा व्यापारिक घरानाले गरिरहेको प्रपञ्च र निहित स्वार्थनिम्ति त्यसमा भर्‍याङ बनिदिएको बाल संगठन नेतृत्वका भ्रष्ट कृत्यको चिरफार:

राष्ट्रपतिको ‘चाहना’मा बलराम अधिकारीको नाम काटिएपछि परराष्ट्रमन्त्रीमा विमलाको ‘इन्ट्री’

मन्त्रीको शपथ लिने तयारीमा जुटिसकेका कपिलवस्तु–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बलराम अधिकारी एकाएक त्यो दौडबाट बाहिरिए, कसरी?

परिवारले आस नमार्दै सरकार हतारियो शोक–बिदा घोषणा गर्न 

आइतबार साँझ क्याप्टेन कमल केसी र को–पाइलट अन्जु खतिवडाको घरमा पुग्दा आफन्तजन उनीहरू सकुशल भेटिने आशामै थिए। सरकारले दिउँसै शोक–बिदा घोषणा गर्दा मर्माहत उनीहरू उत्तिकै आक्रोशित पनि थिए।

ओली–दाहाल दरारमा देउवाले देखेको 'मुकाम'

आफूलाई ‘धोका दिएका’ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षको स्थान छाड्नसमेत नहिचकिचाएको कांग्रेसको नजर कहाँसम्म छ, त्यसले नै अबको राजनीतिक परिदृश्य निर्क्योल गर्नेछ।

एमालेमा सभामुख बन्न गुरुङ र विश्वकर्माबीच हानथाप, ओलीको ‘सिग्नल’ कसलाई?

सभामुखका लागि एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माबीच चर्को हानथाप भइरहँदा अध्यक्ष केपी शर्मा ओलीको ‘विश्वास’ जितेका विश्वकर्माले बाजी मार्ने सम्भावना देखिन्छ।

कांग्रेसलाई संकट, गुटले निर्धक्क देउवा

माओवादीले गठबन्धन तोडेसँगै सबैतिरका सत्ता गुमेपछि कांग्रेसमा विशेष महाधिवेशन र देउवाको राजीनामासम्मको माग जसरी उठ्यो, त्यसैगरी सेलायो। त्यसको अन्तर्यमा थियो– कसैले ‘हल्लाउन नसक्ने’ देउवा समूहको शक्ति।

अग्नि सापकोटादेखि ओनसरी घर्तीसम्म : यी हुन् माओवादीमा उपराष्ट्रपतिका आकांक्षी

सत्तागठबन्धनमा भएको सहमतिअनुसार माओवादीको भागमा परेको उपराष्ट्रपति बन्न सर्वोच्चमा मुद्दा खेपिरहेका पूर्वसभामुख अग्नि सापकोटादेखि अरू थुप्रै नेताले जोडबल लगाइरहेका छन्।

...अनि बार्दलीमा ओली र दाहालको पुनर्मिलन सम्भव भयो

कांग्रेसले आकलन नगरेको अडानले आइतबार राजनीतिमा जस्तो उथलपुथल ल्यायो, बालकोटको बार्दलीबाट त्यसको पटाक्षेप गराउने ओली–दाहाल पुनर्मिलन सम्भव तुल्याउन एमाले–माओवादी नेताहरू पर्दापछाडि उसैगरी सक्रिय थिए।

३ स्वतन्त्र सांसद सरकारमा जान इच्छुक, सत्ता गठबन्धनलाई बहुमत

सत्ता गठबन्धनले बनाउने नयाँ सरकारलाई तीन जना स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र योगेन्द्र मण्डलले समर्थन गर्ने भएका छन्। अर्का सांसद अमरेशकुमार सिंहले भने तत्काल निर्णय नगरेको बताएका छन्।

के कांग्रेसमा पुस्तान्तरणको ढोका खुलेकै हो?

कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतरबाट गगन थापा साझा उम्मेदवार बन्नु एउटा परिघटना मात्र हो। तर, यही एउटा घटनाले मुलुककै पुरानोमध्येको पार्टीमा पुस्तान्तरणको ढोका खुलेको चर्चा भइरहेको छ।

पार्टी ओरालो लागेको लाग्यै, दाहाल प्रधानमन्त्रीकै ‘बार्गेनिङ’मा

माओवादी प्रत्यक्षतर्फ १७ र कूल मिलाएर ३२ सिटमा खुम्चिँदा पनि दाहाल प्रधानमन्त्री बनिछाड्ने जस्तो हुटहुटीमा छन्, त्यसले जनमतको आदेश र पार्टीको हविगतप्रति उनी पूर्णतः बेपरवाह बनेको देखाउँछ।

सत्ता गठबन्धनमा ‘गडबड’ : भित्र अविश्वास, बाहिर सहमतिको विज्ञप्ति

आगामी सरकार गठनबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले चुनावको अनपेक्षित नतिजाबारे ‘तितो पोखेपछि’ विषय प्रवेश नै हुन सकेन।