सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको संकेत गरेको बताएका छन्।
राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ। अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ।
स्थानीय निकाय र व्यवस्थापन समितिले बजेटको स्रोत जुटाउने र अस्पताल व्यवस्थापन गर्ने सहमति भएकामा स्थानीय निकायले बजेट नदिँदा अस्पताल बन्द गर्ने अवस्थामा पुगेको छ।
फ्लाइट राडरका अनुसार बिहीबार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो।
'रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो,' अरुणका भतिज रिम मल्लले भने।
‘गन्धर्व समुदायमा बुढापाकाले आफ्ना सन्ततिलाई पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्ने गरेका छन्।’
प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन, नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघुवित्तीय संस्थाका सदस्यले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ।
पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन्। तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन्।
सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी समयतालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ।
हरियो अकबरे प्रतिकिलो २५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले बारीमै आएर लैजाने गरेका छन्।
वडा अध्यक्ष घनश्याम घलेले बस्तीभन्दा माथि साना–साना दर्जनौँ स्थानमा जमिन फाटेर पहिरोको जोखिम बढेपछि स्थानीय सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्न थालेको बताए।
बजारको मागसँगै प्रशस्तमात्रामा घाँस र पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको रविले बताए। दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गर्छ।
यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन्। समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनुका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए।
‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा असिनालगायत प्राकृतिक विपद् तथा जंगली जनावरको आतंक झेल्दै आएका किसानले यस वर्ष पहिलोपटक कत्लेकीराको प्रकोप बेहोर्नुपरेको छ।
अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो।
नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।
केन्द्रलाई पुनर्जागरण गराउन सके उत्पादनसँगै रोजगारीको अवसर बढाउन सकिने र हरेक वर्ष रेशम धागो आयातका लागि सरकारले गरेको करोडौँ लगानी रोक्न सकिने जनाइएको छ।
केही वर्ष पहिलेसम्म प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नै मुस्किल हुन थालेको छ।
रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न भएका छन्।
प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये ६ हजार ५७५ हेक्टरमा धानखेती हुँदै आएको छ। गत वर्ष जिल्लामा २१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको थियो।