ड्रागनफ्रुटको खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ।
तीन वर्षअघि बाढीका कारण कमला नदीमाथिको पुल भासिएपछि पुनर्निर्माणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै जनप्रतिनिधि, इन्जिनियरसहित १० जना सामूहिक आमरण अनशनमा बसेका छन्।
कोशी आसपासका नदीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ।
सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन्। यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउलीलगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन्।
सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको छ।
बाढीले थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्याउँदा नाम्चे र थामेका झन्डै एक हजार घरपरिवार प्रभावित भएका छन्।
नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्र्याक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गरे।
किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन्।
पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ।
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारका घरहरू ६ दिनभित्र सकिने गरी नापअनुसार भत्काउनका लागि प्रक्रिया अगाडि बढाउने सहमति गरेको छ।
ठाउँ–ठाउँमा गएको पहिरोका कारण कालीगण्डकी करिडोरको सडकमा यात्रा जोखिमपूर्ण बनेको छ। करिडोरको विभिन्न ठाउँमा एक किलोमिटरभन्दा लामो पहिरो गएको योजना प्रमुखको भनाइ छ।
वीरगन्जको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ।
रुपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएको सडक एक दशक अगाडि ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा यात्राका लागि जोखिमयुक्त भएको छ।
गर्पाछेडामा पुग्ने पाहुनाहरूका लागि ‘गोठ–स्टे’ सञ्चालन गरिएको छ। होटल र होम–स्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठ–स्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरूलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ।
चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ।
शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ।
साउन १६ र १७ गतेको वर्षापछि आएको पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका किसानको धानखेत बगाएको थियो। त्यसयता पनि पहिरो जाने क्रम रोकिएको छैन।
ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक गाउँ भए पनि विद्युत्लगायत सुविधा नपुग्दा ओझेलमा छ।
हात्तीलाई आहार जुटाउन जुकेखाँडी सामुदायिक वनले २० हजार फलफूलका बिरुवा रोपेको छ। स्थानीय समुदायसमेत हात्तीमैत्री उपाय अवलम्बन गर्दै मानव-हात्ती द्वन्द्व न्यूनीकरणमा सहमत हुन थालेका छन्।
बागलुङ–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माले एक करोड ५० लाख रुपैयाँ लगानीमा ग्रिनल्यान्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेका छन्। फार्ममा ६ हजार कुखुरा पाल्न मिल्ने उनको भनाइ छ।