AnonymousUser

Logout

२२ महिनामा पनि बनेन २ किलोमिटर सडक

निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ। 

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय भएन कार्यान्वयन

२०५३ सालको एकीकृत महाकाली सन्धिमा कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको हो।

मुस्ताङमा बेनी–जोमसोम–कोरला खण्डको वैकल्पिक सडक निर्माण

लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १०.५ किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको छ।

गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव

सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिक स्थानमा रहेका धाराका मुहान पनि सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको स्थानीय रामकृष्ण खत्रीले बताए।

खरबुजाबाट घरखर्च: बगरमा खेती, राजमार्गमा बिक्री

माघदेखि बगरमा खरबुजा खेतीको तयारी थालिन्छ। चैत अन्तिम साताबाट बिक्रीका लागि बजार ल्याउने गरिन्छ। हाल प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ।

समपूरक र विशेष अनुदानका लागि मधेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

मधेश प्रदेशले बजेट नै माग नगरेपछि त्यहाँ यसअघि शुरू भएका तर सम्पन्न नभएका क्रमागत आयोजनाले आगामी आवमा समपूरक र विशेष अनुदान शीर्षकबाट बजेट पाउने छैनन्।

मुस्ताङको चराङ–छोसेर सडक आयोजना अलपत्र

पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ।

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए बिदेसिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा गोपालको छ।

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठित शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा नगरभित्रका हरेक सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान शुरू गरिएको छ। 

मध्यभोटेकोशी आयोजनाको काम १० महिनादेखि ठप्प

विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने काम अन्तिम चरणमा पुगेका बेला जग्गाधनीबाट विभिन्न माग राखी तार तान्न अवरोध भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी बताउँछन्। 

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सरकारको तयारी

विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउँछ। सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने बताइएको छ।

एनसी र वीरेन्द्रको ‘ब्रदर्स बेकरी’: मासिक २ लाख आम्दानी, ८ जनालाई रोजगारी

ब्रदर्स बेकरीले दशैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई नि:शुल्क केक वितरण गर्दै आएको छ। यहाँको बेकरी धरानमा मात्र नभएर धरान बाहिर पनि लोकप्रिय बनेको छ।

गण्डक जलविद्युत् केन्द्रको उत्पादन २ महिनादेखि ठप्प, दैनिक ८ लाख घाटा

भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले गण्डक जलविद्युत् केन्द्रको नहर मर्मत भइरहेको भन्दै पानी नपठाउँदा विद्युत् उत्पादन बन्द भएको छ।

संरक्षण थालिएको ताल नै सुकेपछि...

गाउँमा जथाभावी सडक निर्माण र तालमा सिमेन्टको पर्खाल लगाएपछि पानी रित्तिएको स्थानीय बताउँछन्।

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

मौसम पूर्वानुमान महाशाखाले आइतबार कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मंगलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ।

गोरखाको खोर्लाबेँसीमा ट्राउट माछा, माग धान्न मुस्किल

मनासलु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अर्ग्यानिक माछा फार्ममा वार्षिक २० क्विन्टल ट्राउट माछा उत्पादन हुने गरेको छ। तर त्यसले स्थानीय बजारको माग धान्न सकेको छैन।

मुहान सुकेपछि पाँचथरका ३०० घरमा खानेपानी समस्या, ट्यांकरबाट आपूर्ति गरिँदै

हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका परिवारले उपयोग गर्दै आएको साँचेखोला खानेपानीको मुहान सुकेपछि ट्यांकरबाट व्यवस्था गरिएको हो।

गाउँ फर्किएर पशुपालन, दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि

बजारको समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि गुल्मीका किसान गाई–भैँसी पालनतर्फ आकर्षित भएका छन्। उत्पादित दूध स्थानीय बजारमै खपत हुने गरेको छ।

लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट

कोरोनाकालमा गाउँ फर्किएका काठेखोला गाउँपालिका–८ लेखानी कादेशका चानसिंह श्रीसले कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हुन्।

बागलुङमा वार्षिक १८ करोडको सुन्तला उत्पादन, सबै पालिकामा खेती बिस्तार

बागलुङमा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुन्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेक बढी सुन्तला उत्पादन हुने गाउँ हुन्।