AnonymousUser

Logout

पर्यटकको रोजाइमा घोडेपानी, १ वर्षमा ३१ हजारले गरे भ्रमण

समुद्र सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृंखलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्। घोडेपानीमा साना ठूला गरी २७ होटल छन्।

भारतले रोक्यो नेपाली चियाको निर्यात

मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए।

डोल्पामा १२० हिउँ चितुवा

हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजाअनुसार डोल्पामा हिउँ चितुवाको कुल संख्या १२० रहेको देखिएको छ।

कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागी नहुने

कांग्रेसले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

कञ्चनपुरमा बिजुलीको तारबाट सल्किएको आगोले ७ बिघा जमिनको गहुँबाली नष्ट

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए।

नदीको कटानले साँघुरिँदै बस्ती : जग्गा छैन तर कर तिर्दै छन् बगरफाँटबासी

२०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको अझैसम्म पनि कर तिर्दै आएको स्थानीय ओमबहादुर थापाले बताए। 

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, तमोरमा मात्रै १६ आयोजना

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा छन्। ती आयोजनाबाट एक हजार  ६५४ मेगावाट बिजुली  उत्पादन हुनेछ। 

सुदूरपश्चिमकै ठूलो चिस्यानकेन्द्र ऋणको बोझले बन्द हुने अवस्थामा

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुदूरपश्चिम प्रदेशकै ठूलो चिस्यानकेन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा पुगेको छ।

अभिभावकको प्रयासमा सुधारिएको ‘पब्लिक हाइस्कुल’

विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गरेर क्षमताअनुसारका मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ।

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ/बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा यात्रा गर्न सहज भएको छ।

प्रतिपक्षी दलको बहिष्कारबीच मधेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बहिष्कारबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्।

विश्व कला दिवसः नेपाली कला बजारकै चिन्ता

बजारमा कला किन्ने संस्कार नै कम भएको बेला आर्थिक स्थिति खस्किएपछि कसले ‘आर्ट’ किन्छ? भन्ने विषयमा कलाकार र ग्यालरी सञ्चालक चिन्तित छन्।

पर्यटकको पर्खाइमा बागलुङको मुठाचौर

हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन्। बाँकी समय कटेरी, भयरभबोंगा गाउँमा झर्ने गर्छन्। यहाँबाट मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृंखला नियाल्न सकिन्छ।

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, ५ अर्बको क्षति

मुलुकभर २०८० वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भए। त्यसमा परेर १०६ जनाको मृत्यु भएको थियो।

३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

गोरखाको बारपाक सुलिकोट–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जी तीन दशकयता कटुवाल पेसा गर्दै आएका छन्भ। हजुरबुबा र बुबाले गरेको पेसालाई उनले पनि निरन्तरता दिएका हुन्।

मधेशमा जुडशीतल पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

जुडशीतल पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ। 

नवलपरासीका किसान चैते धानखेतीतर्फ आकर्षित

वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेका छन्। 

बिदेसिए भलिबल खेलाडी रवि

व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने बताउँदै आएका रविले बाध्यतावश बाटो मोड्नु परेको सुनाए।

नयाँ वर्षमा भ्रमणको आकर्षक गन्तव्य बन्यो लुम्बिनी

नयाँ वर्षको पहिलो दिन शनिबार गौतमबद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत लुम्बिनी विकास कोषको हाताभित्र रहेका गुम्बामा दर्शनार्थीको घुइँचो लागेको थियो।

भक्तपुरका विभिन्न स्थानमा जात्रा हेर्नेको भीड

सिरुटार, बालकोटका बासिन्दाले त्यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन्।