AnonymousUser

Logout

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

बाली लगाउनुअघि गाउँ–गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।

ताप्लेजुङको टिप्ताला नाका खुलाउने तयारी

नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन्।

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै, असारभित्र सक्ने योजना

राष्ट्रिय गौरवको कालीगण्डकीअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो। 

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल, जोमसोम–कोरला यात्रा सहज

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ।

चरन क्षेत्रमा परिणत भयो पर्यटकीय नाढिमन ताल

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको तालका कारण स्थानीय व्यापार व्यवसायसमेत फस्टाएको थियो। विगत एक वर्षदेखि तालसँगै आयस्रोत पनि सुक्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।

बजेट अभावमा खानेपानी आयोजना निर्माण अलपत्र

म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ।

सेतीमा पक्की पुल: ३ पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ।

दोदा बगरमा तरकारखेती लगाएर ५०० परिवारको गुजारा

दोदा नदीमा करिब ५०० भन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ।

उमेर नपुग्दै गर्भपतनले बढ्दै प्रजनन स्वास्थ्यमा जोखिम

पटक–पटकको गर्भपतनले महिलाको प्रजनन क्षमतामा ह्रास मात्रै होइन ज्यानै जोखिममा पर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यको भनाइ छ।

परिवार नै मूर्तिकला व्यवसायमा, वार्षिक १३ लाखको कारोबार 

यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत भने त्यति धेरै हुँदैन।

विद्यार्थीविहीन विद्यालयमा ४ शिक्षक

सेवासुविधाको खोजीमा शहर पस्ने बढ्दा विद्यालय बन्द हुनुका साथै गाउँ नै सुनसान बनेको छ। गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको प्रधानाध्यापक लेखनाथ शर्माको भनाइ छ।

गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिइन्।

तराईको गर्मीमा पनि लटरम्म स्याउ

नेपालमा चिसो हावापानी भएको ठाउँमा स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्। 

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको उपचारका क्रममा मंगलबार मध्याह्न निधन भएको छ।

पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

कैलालीको चुरे गाउँपालिका–५ लिसवेलीका किसानले निजी तथा सामुदायिक पोखरीबाट सिँचाइ गर्दै आएका छन्। यहाँका किसान अन्नबालीभन्दा सागसब्जीको खेती धेरै गर्छन्।

वर्षाका कारण मुग्लिन–पोखरा सडक हिलाम्य, सवारी आवागमनमा सास्ती

वर्षा भएसँगै मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ।

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्यान्डबाजा’

मुक्तकमैया शिविरका नौ जना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्यान्डबाजा बजाएर जीविको चलाइरहेका छन्।

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको हो।

अंगदाताको प्रतीक्षामा मिर्गौला र कलेजोका बिरामी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि अंगदाताको प्रतीक्षामा रहेका छन्।

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङ रमुवाका बासिन्दा

रमुवामा १३० परिवारको बसोबास छ। यहाँ वार्षिक ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ।