AnonymousUser

Logout

‘स्पिड चेकिङ’का क्रममा दुर्घटना, ट्रक चालक पक्राउ

भक्तपुरको गठ्ठाघरमा स्कुटरलाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता


माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो। मौसमी परिवर्तनले कंक्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन्।

कुवापानी पहिरोले पुरियो पर्वतको आदिबराह ताल

जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिरोले धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पुरिएको हो। पहिरोले एउटा घर पनि जोखिममा परेको छ।

बंगुरपालनबाट वार्षिक ५ लाख कमाउँछन् भोजपुरका खेसराज

भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले बंगुर तराईका विभिन्न जिल्लासँगै काठमाडौँसम्म बिक्री गर्छन्। खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुन थालेको उनले सुनाए।

गुल्मीको रेसुंगा र मदानेमा भेटिए ८ नयाँ प्रजातिका चरा

रेसुंगा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ। नेपालमा पाइने ८९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन्।

पोखराबाट काठमाडौँका लागि उडेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।

वन्यजन्तु आतंकले बाली जोगाउनै मुस्किल

बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरि आलोपालो कुरुवासमेत बस्ने गरेका छन्। स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतंकले गाउँलेसमेत घरमा बस्न डराउँछन्। 

यूएईको रोजगारी छाडेर स्वदेशमा कृषिकर्ममा रमाएका सन्तोष

सन्तोषले उत्पादन गरेको तरकारी प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, र खलंगाका पसलमा पुग्ने गरेको छ। व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन।

मोरङको बेलबारीमा हात्ती मृत फेला

स्थानीय अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मंगलबार बिहान मृत फेला परेको हो। मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

मुआब्जाको माग गर्दै भानुभक्त प्राणी उद्यानमा स्थानीयको तालाबन्दी

प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको छ। यसका लागि ४६ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ।

गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी

गैँडाकोटका किसान गोपिचन्द्र रिमालले तीन वर्षअघि १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन शुरू गरेका हुन्।

सांसद भन्छन्– भ्रष्टाचारीलाई कारबाही गर्न हदम्याद राख्न हुँदैन

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूले भ्रष्टाचारजन्य कसुरको कारबाहीमा पाँचवर्षे हदम्याद राख्न नहुने धारणा राखेका छन्।

मौरी पालनबाट मासिक ५० हजार आम्दानी गर्दै रामेछापका कृष्णबहादुर

महभन्दा मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन्। उनले उत्पादन र निर्माण गरेका मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन्।

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम 

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकमा पहिरोका कारण नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ। 

सर्लाहीमा बढ्दै ड्रागन फ्रुटको व्यावसायिक खेती

लालबन्दी, बरहथवा, हरिपुरलगायत स्थानका किसानले हाल ड्रागन फ्रुटको खेती गरिरहेका छन्। उत्पादित फलमध्ये केही गाउँमै बिक्री हुन्छ। बाँकी नजिकका बजार तथा काठमाडौँसम्म पठाउने गरिएको छ।

स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी

आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ।

सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगी संक्रमण

एक महिनामा जिल्लामा ३० जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। सोताङ गाउँपालिकामा २७ जनामा संक्रमण देखिएकोमा उनीहरूको ‘ट्राभल हिस्ट्री’ नरहेको कार्यालयको भनाइ छ।

पर्यटक लोभ्याउँदै बाँकेको नानापुर क्षेत्र

नेपालगन्जबाट करिब आठ किलोमिटरको दूरीमा नानापुर क्षेत्र रहेको छ। सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी बग्न थालेपछि गर्मीयाममा पनि यहाँ पर्यटक रमाउने गरेका छन्।

उड्नै लाग्दा धावनमार्गबाट फर्काइयो श्री एयरलाइन्सको जहाज

शुक्रबार बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको जहाज धावनमार्गमा पुगेर फर्काइएको थियो। केही यात्रुबीच विवाद भएपछि जहाज फर्काइएको श्री एयरलाइन्सले जनाएको छ।

ढोरपाटनमा ६ युवाको सामूहिक स्याउखेती

ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर गत वर्ष स्याउका एक हजार ३०० बिरुवा लगाएका थिए। उक्त बिरुवामध्ये ७५ प्रतिशतले फल दिन थालेका छन्।