AnonymousUser

Logout

आलुले चिनिएको हेम्जा:  वर्षमा १० करोडको आलु उत्पादन

बाह्रौँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आइतबार शुरू हुँदैछ। आलुलगायत ताजा तरकारी र आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहेका छन्।  

काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

शनिबार बिहानदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको छ।

‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’

भेडीगोठमा घाम, पानी, असिना र हिउँमा संघर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन्। अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ। 

नदी प्रदूषणले निम्त्याउँदै निकुञ्जको पारिस्थितिकीय प्रणालीमा जोखिम

चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रूपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ।

छोरी शिक्षा प्रवर्द्धन गर्न खुलेको ‘मोडल क्याम्पस’

‘छोरी शिक्षा प्रवर्द्धन’ गर्ने हेतुले २०५४ सालमा क्याम्पस स्थापना गरिएको थियो। सो क्याम्पसमा अहिले विज्ञानबाहेक अरू संकायको एउटा कक्षामा ६० देखि ८० प्रतिशतसम्म छात्रा अध्ययनरत छन्।

१८ करोडको आयोजनामा ६० लाख बजेट

जिल्लाका दक्षिणी भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जालमा समस्या छ। सरकारले पहिरो नियन्त्रण गर्न भन्दै दुई पटकसम्म अध्ययन गरेको छ। तर डीपीआर बनाउनेबाहेक काम भएको छैन। 

उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी ल्याउन ४ अर्बभन्दा बढी खर्च लाग्ने

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने बताएका छन्।

बेनी–जोमसोम सडक: काभ्रेभिरमा ‘रक एङ्‌करिङ’

म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीको कटानको समस्या छ। 

मकैमा फौजी कीरा लागेपछि समस्यामा तनहुँका किसान

आँबुखैरेनी गाउँपालिका–२ ढापटारको करिब ४५ रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा फौजी कीराको समस्या देखिएको छ। 

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट ‘खिवाङगाउँ’

सडक निर्माण भएपछि खिवाङका १८० घरपरिवार लाभान्वित भएका छन्। सो सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन्।

सरकारी ऋणको साँवा–ब्याज तिर्न साढे ५ खर्ब चाहिने, बजेटमा स्रोतको सकस

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ न्यून राजस्व संकलनका कारण स्रोत सुनिश्चितता पर्याप्त नहुनु र सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व बढेका कारण समस्या रहेको बताउँछन्।

पर्यटकीय राजधानी भित्रने पर्यटकको छैन तथ्यांक

एक्यापका प्रमुख डा. रबिन कडरियाले ‘एक्याप’ प्रवेश गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरिएको बताए। उनका अनुसार पोखरा आएकामध्ये झन्डै आधा पर्यटक मात्र ‘एक्याप’को भ्रमण गर्छन्।

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

 प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ।

इलाममा विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

पालिकाले अकबरे खुर्सानी र गोलभेँडाको खेतीलाई प्राथमिकतामा राखेको छ। तालिम र उपकरण पाएपछि किसान पनि उक्त खेतीको विस्तारमा लागेका छन्। 

विद्यार्थी अभाव भएपछि चौँरीदेउरालीका २५ सामुदायिक विद्यालय बन्द

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं भूकम्पपछि पुनर्निर्माण गरिएका विद्यालय भवन निकै राम्रा भएको तर विद्यार्थी अभावका कारण संकट उत्पन्न हुँदै गएको बताउँछिन्।

डढेलोले जैविक र पर्यावरणीय क्षति बढ्दै

डढेलोले वन विनाशसँगै धुवाँले वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको डिभिजन वन कार्यालय प्रमुख चन्द्रमणि सापकोटाले बताउँछन्।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो।

दैलेख पुर्‍याइयो पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान

ठूला ट्रक भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन्।

अवैधरूपमा भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

सिमाना क्षेत्रमा रातिको समयमा माछा, मासु तस्करी गर्ने गिरोह सक्रिय हुने र बिहानसम्म पसलहरूमा भारतीय कुखुरा र माछा पुग्ने गरेको छ।

कर प्रणाली सुधार समितिको प्रतिवेदन– संकुचनकारी नीतिले वित्त परिचालन सुधार भएन

करको जोखिमभार हेर्न छुट्टै निकाय जरुरी रहेको तथा राजस्व न्यायाधीकरणको विद्यमान संरचनामा परिवर्तन जरुरी रहेको निष्कर्ष प्रतिवेदनको छ।