AnonymousUser

Logout

पोखरा जोड्ने मुख्य राजमार्ग​​​​​​​मा खाल्डैखाल्डा

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य शहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ।

कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, १ जना बेपत्ता

कञ्चनपुरका नौ वटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन्। भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन्। 

मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु

मनसुन शुरू भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।

दाङमा बाढीले ट्र्याक्टर पल्टाउँदा १ जनाको मृत्यु, दर्जनौँ घर डुबानमा

दाङमा राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने गङ्गदी खोलाले ट्र्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। 

वर्षाका कारण अवरुद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

निरन्तर वर्षाका कारण लेदोसहित आएको बाढी पहिरोले पुर्दा शनिबार बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएका थिए।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको सूर्यचौर

काठमाडौँको सामाखुशी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा नुवाकोटको सूर्यचौर पुग्न सकिन्छ।

किसान र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

कृषिजन्य उत्पादन बारअनुसार पोखराका फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको छ। एम्बुलेन्सले कृषिजन्य उत्पादन निःशुल्क ढुवानी गर्ने प्रबन्ध मिलाइएको छ।

मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा पहिरो, सडक अवरुद्ध

बागलुङ बजारदेखि पातिहाल्नेसम्मको १४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ। हटियादेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ।

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न प्रशासनको अपिल

म्याग्दी प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।

धादिङमा फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायत करिब १५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो।

बर्खासँगै झापामा बढ्न थाले सर्पदंशका बिरामी

विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन्।

कालोपत्र हुँदै म्याग्दीका ग्रामीण सडक, सहज बन्यो यात्रा

बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक कालोपत्र भएपछि आवतजावतमा सहज भएको बताए। अब बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुंगेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयको माग छ।

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा रोपिए १० हजार बिरुवा 

पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउने लक्ष्यसहित फलफूलका बिरुवा रोपिएको झापास्थित जुकेखाडी सामुदायिक वनले जनाएको छ।

सुदूरपश्चिममा ४० प्रतिशत धान रोपाइँ, किसान मनसुनी वर्षाको पर्खाइमा 

लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र पम्पमासमेत पानी आउन छाडेपछि धान रोपाइँ गर्न समस्या भएको किसानले बताएका छन्।

लो–घेकर दामोदरकुण्डका सबै घरपरिवारलाई विद्युतीय चुल्हो

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिए। 

मधेशमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी

राष्ट्रिय जनगणना–२०७८ कोतथ्यांकअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ।

जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसईई उत्तीर्ण

नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रूपमा मान्यता प्रदान गरेको छ।

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

झापाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरिएको छन्। मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढाइएको छ।

सीप सिकेर व्यवसायी बनेका हर्कबहादुर 

हर्कबहादुर भन्छन्, ‘समयमै तालिम नपाएको भए ऋण खोजेरै भए पनि विदेश जानुपर्ने बाध्यता थियो।’

भेडीगोठले बागलुङका बुकीमा चहलपहल, बेँसी सुनसान

निसीखोलाको रिग, खानीखोला, तमानखोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजलालगायत क्षेत्र गोठालाहरूको मुख्य बासस्थान हो।