AnonymousUser

Logout

पाइलट पढ्न गएका छोराको शव जब टीकाको अघिल्लो दिन आयो…

व्यास नगरपालिका–२ दमौलीका विराट पन्थले दक्षिण अफ्रिकामा पाइलटको १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनी पाइलट बन्दै थिए। तर उनले अब कहिल्यै जहाज नउडाउने भएका छन्।

आफन्तकहाँ आश्रय लिएर दशैँ मनाउँदै छन् बाढीपहिरो पीडित 

बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दशैँ मनाइरहेका छन्।

विपद्बाट अधिक मानवीय तथा भौतिक क्षति बेहोरेको काभ्रे

जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्यांक सार्वजनिक अझै हुन सकेको छैन। 

आज दशैँको सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै

फूलपातीको दिन दशैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ।

दशैँमा नयाँ नोट नछाप्दा राज्यलाई झण्डै डेढ अर्ब फाइदा

गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो। यस वर्ष करिब ४ अर्बमा सीमित भएको छ।

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ।

रामेछापमा बस दुर्घटना हुँदा १ को मृत्यु १२ जना घाइते

खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मंगलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ। 

कति जोखिमपूर्ण छ नागढुंगा–मुग्लिन सडकमा यात्रा?

एक साताअघि चार दिन निरन्तर परेको वर्षाका कारण झरेको पहिरो र गेग्र्यानले सडक कतै धुलाम्मे छ। भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ।

चौकी डाँडामा अस्थायी सडक निर्माण गरी बीपी राजमार्ग एकतर्फी सञ्चालन

रोशी खोलाको बहावलाई सोझ्याएर किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी संरचना निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो। 

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

बेलौरी नगरपालिका– ६ ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका उमेश चौधरीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको कुण्डा सबडिभिजन वन कार्यालयले जनाएको छ।

गाउँघरमा छैन दशैँको उमङ्ग

अधिकांश युवापुस्ता जिल्ला बाहिर बस्छन्, गाउँघरमा बुढापाका। बाढीपहिरोले बाटोघाटो बिग्रिए शहर बजारमा रहेका छोराछोरी आउन नपाएपछि बुढापाकाका लागि यस वर्षको दशैँ खल्लो हुने भएको छ।

मूल्य सस्तिएपछि बढ्यो च्याङ्ग्राको व्यापार

अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फस्टाएको छ्याङ्तो गुरुङ बताउँछन्। १०४ वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेका उनको भनाइ छ।

यो दशैँमा खुशी छैनन् सुनसरीका किसान

धानखेतीका लागि किसानले प्रतिबिघा ३० देखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका छन्।  त्यही खेत बाढीले डुबाउँदा उनीहरूले निकै घाटा बेहोर्नुपरेको छ।

बाढीपहिरो : काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिका-१२ स्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत

खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल असोज १२ गते आएको बाढीले बगाएको थियो।

खसीबोकाको बिक्री खुला, सिङमा हरियो रङ लगाएका खरिद गर्न सुझाव

काठमाडौँमा पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका ल्याइएको छ। हरेक वर्ष दशैँमा ४५ हजार खसीबोका ल्याइने गरेको छ।

च्यांग्रा व्यापारीको यात्रा: रारादेखि फेवातालसम्म

छिरिङ दशैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्।

मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल

चालु आवको साउन र भदौमा सात हजार ५९९ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गत वर्ष सोही समयमा पाँच हजार १७५ जनाले घुमेका थिए।

तुइन र फड्केले जोडियो तातोपानी नाका

लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुल ध्वस्त पारेको छ। पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ।

किन जमरा राख्दैनन् माझी समुदाय?

बागलुङ नगरपालिका–१ रामरेखाका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन्। दशैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो रूपमा लिने गरिएको छ।