AnonymousUser

Logout

किन जमरा राख्दैनन् माझी समुदाय?

बागलुङ नगरपालिका–१ रामरेखाका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन्। दशैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो रूपमा लिने गरिएको छ।

नारायणीमा तटबन्ध नहुँदा बर्सेनि डुबानमा सुस्ता

नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासी बर्खामा बाढीको चपेटामा पर्ने गरेका छन्। यस वर्ष बाढीले मानवीय क्षति नभए पनि २०० भन्दा बढी घर डुबाएको छ।

बांग्लादेशमा बिजुली निर्यात गर्न त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

प्राधिकरणले एनभीभीएनलाई उपलब्ध गराएको बिजुली भारतीय संरचना प्रयोग गरेर बांग्लादेश पुर्‍याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।

कोशीको बाढी: कसैलाई कहर, कसैलाई अवसर

कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्।

बीपी राजमार्ग ठप्प भएपछि नागढुंगा मुग्लिन सडकमा चाप

पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका छन्। वर्षाले छियाछिया बनेको बेनेको सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढेको छ।

बागमतीले बगायो घरखेत, बिरामीलाई अस्पताल लैजाने बाटो नै छैन

बागमती गाउँपालिका–६ को घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेको सम्झनामा मात्रै छ।

जुम्लाबाट झन्डै ६ हजार मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख रुपैयाँ आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।

जीर्ण बन्यो हनुमाननगर–राजविराज सडक, जोखिमपूर्ण यात्रा

राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ।

फलफूल व्यवसायले फेरियो गीताको जीवन

शोकमा गरेको संकल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानडा र अर्को अस्ट्रेलियामा उच्च शिक्षा लिँदै छन्। छोरी काठमाडौँमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन्।

बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार?

बाढी, पहिरोका कारण चाडबाडको मुखमा सर्वसाधारणको आवतजावत असहज बनेको छ। मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्का पछि मानवीय गतिविधि कति जिम्मेवार छन्?

पाकेर लहलह झुलेको धान बाढीले सखाप, बगर बन्यो खेत

शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।

हवाई उडानमा नयाँ रेकर्ड: सोमबार एकैदिन ५५९ उडान

बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।

मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्छिन् नन्दकला

सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई थालेकी थिइन्। अहिले वर्षमा करिब २० लाखको मह बिक्री हुन्छ। खर्च कटाएर १४ नाफा हुने उनले बताइन्।

हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ, जनजीवन प्रभावित

पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्। 

सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने १० पुलमा बाढीले क्षति

बाढीले पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ।

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु, ३० बेपत्ता

हालसम्म करिब ४ हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।

झ्याप्लेखोला पहिरो : मृतकको संख्या ३५ पुग्यो

शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आइतबार थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बाढीले १६ जलविद्युत् आयोजनामा क्षति, माथिल्लो तामाकोशीमा ४ जना बेपत्ता

माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र कामदार गरी चार जना बेपत्ता छन्।

सुनकोशी र रोशीमा ७० वर्षपछि भयानक बाढी

बाढीले खुर्काेट बसपार्क डुबेको छ। रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ। बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ। धानबाली नष्ट भएको छ।

हनुमन्ते र मनोहरा खोलाको बाढीले भक्तपुरका १५ बस्ती डुबानमा, करोडौँको क्षति

सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रूपमा डुबानमा परेका छन्। विद्यालय, व्यापारिक केन्द्र र बस्ती डुबानमा पर्दा धनमालको क्षति भएको छ।