नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासी बर्खामा बाढीको चपेटामा पर्ने गरेका छन्। यस वर्ष बाढीले मानवीय क्षति नभए पनि २०० भन्दा बढी घर डुबाएको छ।
प्राधिकरणले एनभीभीएनलाई उपलब्ध गराएको बिजुली भारतीय संरचना प्रयोग गरेर बांग्लादेश पुर्याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।
कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्।
पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका छन्। वर्षाले छियाछिया बनेको बेनेको सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढेको छ।
बागमती गाउँपालिका–६ को घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेको सम्झनामा मात्रै छ।
उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख रुपैयाँ आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।
राजविराजदेखि पूर्व भारदहस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिने उक्त सडकमा खाल्डो हुँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ।
शोकमा गरेको संकल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानडा र अर्को अस्ट्रेलियामा उच्च शिक्षा लिँदै छन्। छोरी काठमाडौँमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन्।
बाढी, पहिरोका कारण चाडबाडको मुखमा सर्वसाधारणको आवतजावत असहज बनेको छ। मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्का पछि मानवीय गतिविधि कति जिम्मेवार छन्?
शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।
बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।
सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई थालेकी थिइन्। अहिले वर्षमा करिब २० लाखको मह बिक्री हुन्छ। खर्च कटाएर १४ नाफा हुने उनले बताइन्।
पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्।
बाढीले पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ।
हालसम्म करिब ४ हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।
शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आइतबार थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र कामदार गरी चार जना बेपत्ता छन्।
बाढीले खुर्काेट बसपार्क डुबेको छ। रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ। बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ। धानबाली नष्ट भएको छ।
सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रूपमा डुबानमा परेका छन्। विद्यालय, व्यापारिक केन्द्र र बस्ती डुबानमा पर्दा धनमालको क्षति भएको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले तीन दिनदेखिको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने बताए।