AnonymousUser

Logout

सयपत्री फूलको प्रयोग बढ्दा कृत्रिम फूलको आयात घट्यो

धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन्।

स्थायी वासस्थानको आसमा बित्यो बाढीपहिरो पीडितको एक महिना

राज्यले वासस्थान बनाइदिने दिने आस पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै बितेको छ। तर अहिलेसम्म सरकारले उचित व्यवस्थापनसमेत नगरेको उनीहरूको गुनासो छ।

कुश्मिसेरा–रांखानी सडक: २ वर्षमा सक्नुपर्ने कालोपत्र ५ वर्षमा पनि भएन

निर्माण कम्पनीको लापरबाहीले सडकको काम पूरा नभएको हो। सडक हेर्ने पूर्वाधार कार्यालयले पनि ठेकेदारलाई ताकेता गर्न सकेको छैन। बरु म्याद थप्दै बसेको छ। 

कच्चा पदार्थको आयात घटाउने प्रयासमा पस्मिना उद्योगी

डोल्पामा प्रशस्त च्यांग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन्। निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ।

सुनसरीको मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मीपूजा

हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय शहरी क्षेत्रमा बस्ने मैथिल समुदायले कम खेल्ने गरेका छन्। 

‘पटका पट्काउँदाको आवाजले मानसिक स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ’

पटकाबाट निस्कने विषाक्त धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरूले आग्रह गरेका छन्। 

‘कुकुरबिनाको गोठ कल्पना गर्न सक्दैनौँ’

महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।

देशभरका पर्यटकीय क्षेत्रमा चहलपहल, अन्नपूर्णमा हालसम्मकै धेरै पर्यटक 

मुख्य पर्यटकीय सिजन तथा दशैँ र तिहारको बिदाको समयलाई सदुपयोग गर्दै आन्तरिक पर्यटक उल्लेख्य रूपमा गन्तव्य पुग्ने गरेका छन्।

कात्तिकमा मात्रै ४ वटा गैँडा मृत भेटिए

चालु आवको हालसम्म मात्र मृत भेटिएका गैँडाको संख्या १० पुगेको छ।

किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको हो।

किसानले पाल्न छाडे हलगोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

गाउँघरमा अर्मपर्म गर्ने चलन पनि हट्दै गएको छ। खनजोतका लागि मिनिटिलर प्रयोगमा आउन थालेको छ। गोरुले दुई दिन लगाउने काम यसबाट दुई घण्टामै सकिने किसान बताउँछन्।

बाँकेमा फस्टाउँदै व्यावसायिक फूलखेती

फूलखेती शुरूआतमा रहरले गरे पनि हाल बाँकेका किसानहरूको आम्दानीको मुख्य स्रोत बनेको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल–मालालाई बन्देज गर्नुपर्ने उनीहरूको माग छ।

पाल्पामा सयपत्री फूलको माग उच्च, खेती पनि बढ्दो

रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्री तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ।

झापामा ‘डर्टी पेनिकल’ रोगको प्रकोप, धान बालीमा क्षति

झापाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा लगाइएको धानमा डर्टी पेनिकल रोग देखिएको छ।

ड्रागनखेतीमा जमेका लाहुरे

कृपाश्वर घले गुरुङले फलसँगै बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेका छन्। बिरुवा मात्र बेचेर वर्षमा दुई लाख रुपैयाँभन्दा बढीको आम्दानी हुने गरेको उनको भनाइ छ।

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चार वटा सानाठूला पोखरीसमेत रहेका छन्।

पर्यटकीय याममा पनि सुनसान छ ‘गुरिल्ला ट्रेक’

पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको थियो।

संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा, बिक्री हुन छाडे माटाका भाँडा

कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन्।

अविरल घिमिरे बने किक बक्सिङको विश्वविजेता

‘हिमचितुवा’ का नामले चर्चित घिमिरे ‘इन्टरनेसनल किक  बक्सिङ’ प्रतियोगितामा फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै 'वर्ल्ड च्याम्पियन' हुन सफल भएका हुन्।

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन्।