जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो।
ठेकेदारले काम सम्पन्न गरेर दुई वर्षअघि नै नगरपालिकालाई हस्तान्तरण गरेका थिए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेका छन्।
मध्यविन्दु–११ कुसुण्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरिएको छ।
सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ।
भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन्। हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन्। एउटा तलादेखि अर्को तलामा उक्लिनेसमेत भर्याङ छ।
मानिसले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। घरहरू भत्किँदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो बनेको छ।
दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।
संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको हो।
श्रमिक बालबालिकाले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेका, सोका लागि स्थानीय सरकार र अन्य संघसंस्थाले छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गरी सहयोग गर्नुपर्ने अपेक्षा राखेका छन्।
स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन्। बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्याउँदै आएको छ।
ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानव बस्तीतिर पसेर क्षति पुर्याउने गरेको विज्ञहरूको भनाइ छ।
नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम चलिरहेका बेला जमिन भासिएको हो।
पोखरामा सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र शहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि शालिक स्थानान्तरण गर्ने निर्णय भएकोमा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको छ।
हुम्लाको कनका सुन्दरी गाउँपालिका-८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्।
सुधार गर्न आवश्यक २८० खानेपानीका आयोजनामध्ये सबैभन्दा बढी आयोजना मधेश प्रदेशमा छन्। दातृ निकायले समेत लगानीको चाहना नदेखाएपछि आवश्यक बजेट अभाव भएको हो।
२०५२ सालदेखि तरकारीखेती शुरू गरेकी बेदकोट– ७ मन्दिरपुरका उर्मिला डगौराले यसकै आम्दानीले घर जग्गा जोडेकी छन्। छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्।
बेनी–जोमसोम–कोरला सडक निर्माण र यातायात सञ्चालनका लागि पहिरो, कालीगण्डकी र सहायक खोलामा आउने बाढी र कटान चुनौतीका रूपमा देखिएको छ।
प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। रंगशाला १० हजार दर्शक बस्ने क्षमताको छ।
यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।
'हामीसँग उपकरण छैन। एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ, नेटमा हेरेर थाहा पाएको लक्षण मिल्ने मानिस आएमा निगरानी राख्छौँ।'