बेलिब्रिज बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ।
बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्। सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन भने मुस्किल छ।
कोशी प्रदेश र नगरपालिकाको साझेदारीमा गुम्बा निर्माण उपभोक्ता समितिमार्फत थालिएको थियो। करिब २१ करोड लगानीमा निर्माण शुरू गरिएको गुम्बाको अहिलेसम्म जग मात्र ठडिएको छ।
मुस्ताङबाट गत वर्ष २० करोडभन्दा बढी मूल्य बराबरको सात हजार च्यांग्रा निकासी भएको थियो। यसपालिको दशैँ तिहारका लागि १० देखि ११ हजार च्यांग्रा निकासी हुने अनुमान छ।
एशियाका दुई तिहाइ हिमाल पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।
पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ।
धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटाली र जर्मनीका नागरिकलाई लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।
सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मत सम्भारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ।
महान्यायाधिवक्ता रमेश बडालले मन्जुरी नलिई विवाह गरेका बालकमाथि अधिक अपराधीकरण नहुने गरी बालविवाहको कसुरमा मात्र अनुसन्धान र अभियोजनको कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो।
मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने निर्जल र निराहार उपवास शुरू भएको छ।
नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जंगलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ।
थुनुवाले रड काट्न प्रयोग हुने ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेसन काटेर फरार भएका हुन्।
प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताएका छन्।
विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भइरहेकोप्रति जानकारले चासो व्यक्त गरेका छन्। अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।
राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमाल पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
दिपायल सिलगढी–३ बान्नेकोटका युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले करिब १८ रोपनी जमिनमा बेसारखेती थालेका हुन्। उनीहरूले वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याएका छन्।