'रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो,' अरुणका भतिज रिम मल्लले भने।
‘गन्धर्व समुदायमा बुढापाकाले आफ्ना सन्ततिलाई पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्ने गरेका छन्।’
प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन, नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघुवित्तीय संस्थाका सदस्यले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ।
पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन्। तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन्।
सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी समयतालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ।
हरियो अकबरे प्रतिकिलो २५० रुपैयाँमा बारीबाटै बिक्री हुने गरेको छ। इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले बारीमै आएर लैजाने गरेका छन्।
वडा अध्यक्ष घनश्याम घलेले बस्तीभन्दा माथि साना–साना दर्जनौँ स्थानमा जमिन फाटेर पहिरोको जोखिम बढेपछि स्थानीय सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्न थालेको बताए।
बजारको मागसँगै प्रशस्तमात्रामा घाँस र पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको रविले बताए। दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गर्छ।
यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन्। समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनुका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए।
‘सिक्टर ग्रिनिङ भाइरस’बाट बचेका सुन्तलामा असिनालगायत प्राकृतिक विपद् तथा जंगली जनावरको आतंक झेल्दै आएका किसानले यस वर्ष पहिलोपटक कत्लेकीराको प्रकोप बेहोर्नुपरेको छ।
अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो।
नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।
केन्द्रलाई पुनर्जागरण गराउन सके उत्पादनसँगै रोजगारीको अवसर बढाउन सकिने र हरेक वर्ष रेशम धागो आयातका लागि सरकारले गरेको करोडौँ लगानी रोक्न सकिने जनाइएको छ।
केही वर्ष पहिलेसम्म प्राविधिक विषयमा मागभन्दा चारगुणा बढी आवेदन पर्ने गरेकामा अहिले विद्यालय तथा ‘इन्स्टिच्युट’लाई कोटा पुरा गर्नै मुस्किल हुन थालेको छ।
रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न भएका छन्।
प्युठानको २२ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये ६ हजार ५७५ हेक्टरमा धानखेती हुँदै आएको छ। गत वर्ष जिल्लामा २१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको थियो।
कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ।
'वीरगन्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता चार करोड हाराहारीमा छ।'
बासी गन्हाइसकेको खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि धादिङका एक होटल सञ्चालकलाई उक्त कारबाही गरिएको हो।
सरकारले १८ वटा देशका लागि राजदूत सिफारिस गरेको छ भने पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।