AnonymousUser

Logout

गोरखामा सडक अभावका कारण कुहिँदै स्याउ, बजार ल्याइदिन सरकारसँग माग

सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन किसानले सरकारसँग माग गरेका छन्।

जीर्णोद्धारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

दरबारलाई संग्रहालयका रूपमा विकास गर्न थालिएको छ। दरबारभित्र राजाहरूले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायत सामग्री संग्रहित गरिएको छ।

बेनी–मालढुंगा सडक: ठेक्का अवधि सकियो, भएन कालोपत्र

सडक ११ मिटर फराकिलो बनाएर डीबीएसडी प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का लागेको थियो।

बिजुलीको झिलिमिलीले ओझेलमा माटोका पाला

कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का मंगल पण्डितले बताए। 

बसाइँसराइले रित्तिएको गडीगाउँ: न दौँतरी छन् न छिमेकी

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ सालको जनगणनाअनुसार यहाँ ३८ घरमा ३६६ जनाको बसोबास थियो । हाल १७ घरमात्र छन्। जनसंख्या १२० मा झरेको छ। 

घोडेपानीमा आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट

घोडेपानीमा रहेका २६ वटा सानाठूला होटलमा दैनिक एक हजार २०० पाहुना बास बस्ने क्षमता छ। प्याकेजमा प्रतिव्यक्ति एक हजार ५०० देखि पाँच हजार रुपैयाँसम्मका सुविधायुक्त कोठामा बास बस्न सकिन्छ। 

काभ्रेमा बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी स्थगित

बाढीपहिरोमा परी काभ्रेमा ६ जना अझै बेपत्ता छन्। धेरै दिनसम्म खोजतलास गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीद्वारा बैठक आह्वान

मन्त्री पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरूप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्।

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट संकलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।

सन्तान छाडेर श्रम गर्न बिदेसिँदै आमाहरू, भन्छन् – घर चलाउन घरै छाड्नुपर्‍यो

बालबच्चाको पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भएको उनीहरूको भनाइ छ। ऋण गरेर स्वदेशमै व्यापार व्यवसाय गर्नेबारे सोचे पनि आँट्न नसकेपछि बिदेसिन बाध्य भएको उनीहरू बताउँछन्।

डडेलधुरा बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, १२ घाइतेलाई धनगढी पठाइयो

घटनास्थलमा बसको छतमुनि च्यापिएको अवस्थामा थप एउटा शव फेला परेको प्रहरीले जनाएको छ।

भीरमा फालेर ६ वर्षीय छोराको हत्या

ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन्।

डडेल्धुरामा रात्रिबस दुर्घटना, ४ जनाको मृत्यु

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन्। 

लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित : सेना

लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। लेबनानमा हाल ८७७ नेपाली शान्ति सैनिक छन्।

काठमाडौँमा बढ्न थाल्यो चिसो, २ सातामा ५ डिग्री घट्यो तापक्रम

काठमाडौँसहित देशका अधिकांश स्थानमा तापक्रम घटेपछि चिसो महसुस हुन थालेको छ। काठमाडौँमा असोज १५ गतेयता करिब ५ डिग्री सेल्सियस तापक्रम घटेको छ।

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास शुरूआत गरेका हुन्।

जुम्लामा दशैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। 

ढेडु लखेट्दै जाँदा फेला परेको गुफा, पर्यटकका लागि आकर्षक बन्दै

साढे तीन दशकअघि एक स्थानी मकै खान आएको ढेडु लखेट्दै जाँदा एकाएक पहराको बीचमा रहेको सानो प्वालभित्र पसेको थियो। त्यसपछि गुफा पत्ता लागेको थियो।

‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनालाई स्वर्ण पदक

वेल्समा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको छ।

कामकै लागि दशैँ बिर्सिएका ‘पर्यटक भरिया’

पर्यटन व्यवसायमा आबद्ध अधिकांश युवाहरू यतिखेर खुम्बु पुगेका छन्। भदौ अन्तिमबाट खुम्बुमा पर्यटन सिजन शुरू भएसँगै युवा चाडपर्व नभनी व्यवसायमै व्यस्त छन्।