AnonymousUser

Logout

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलो पटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो।

टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनीले तिर्न थाले विद्युतीय सेवा कर

ठूला करदाता कार्यालयका अनुसार हालसम्म दर्ता भएका २० कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा कारोबार मूल्यको दुई प्रतिशत डीएसटी तिर्न थालेका हुन्।

धनगढीको इन्धन डिपोका कारण बस्ती जोखिममा, स्थानान्तरण गर्न स्थानीयको माग

डिपो स्थानान्तरणमा निगमले ढिलाइ गरिरहेको छ। राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास– ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन।

पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान

पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा विभिन्न चार्टर्ड उडान भए पनि अहिलेसम्म व्यावसायिक नियमित उडान हुन सकेको छैन।

निरीक्षकले उत्तरपुस्तिकामा केरमेट गरी अनुत्तीर्ण भएका छात्र पुनः परीक्षणमा उत्तीर्ण

परीक्षा निरीक्षकले शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको उजुरीका आधारमा पुनः परीक्षण गर्दा उनी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोदोको व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान

कोदोखेती गर्ने किसानलाई सरकारले आर्थिक अनुदान र प्रोत्साहन गरिदिए सहज हुने किसानको भनाइ छ। बीउ मात्रै उपलब्ध गराए पनि धेरै सहयोग पुग्ने उनीहरू बताउँछन्।

छठको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। छठको मुख्य दिन भएकाले बिहीबार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

खेतमा काटेर सुकाएको धानको निहिन र पराल सोमबार र मंगलबारको वर्षाले डुबाएको किसानले बताएका छन्।

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका अर्जुन

बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।

बेमौसमी वर्षाले बाँकेमा धानबालीमा क्षति

पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्‍याएको र के कति क्षति भयो भन्ने तथ्यांक संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

ललितपुरका बाढीपीडित: पुनर्वास नहुँदा टहरमा बित्यो दशैँतिहार

पुनर्वासको व्यवस्था नहुँदा ललितपुरका पीडितले आफन्तको घर, टहरा र डेरामा यसपटकको दशैँतिहार मनाएका छन्।

छठ पर्व शुरू, ४ दिनसम्म हर्षोल्लासका साथ मनाइँदै

छठको पहिलो दिन मंगलबार नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ। 

धान भित्र्याउने बेलाको वर्षाका कारण उत्पादन घट्ने अनुमान, आयात बढ्न सक्ने

असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेश र बागमती प्रदेशमा धानलाई असर पारेको छ, जसका कारण दुई प्रतिशतसम्म उत्पादनमा ह्रास आउन सक्ने कृषि मन्त्रालयको अनुमान छ।

रामपुरको एउटै फार्मबाट बिक्यो २ लाखको फूल

बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि पठाउन नसकिएको फार्म सञ्चालक लालबहादुर थापा बताउँछन्।

पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै

ज्यान गुमाएका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन।

कोरलामा नेपालतर्फ खानेपानी र शौचालयकै अभाव, चीनतर्फ भने भव्य महल

कोरलाको चीनतर्फ निर्माण भएका भवनभित्र पसलहरू छन्। भवन पछाडि ठूलो बस्ती बसेको छ। नेपालतर्फ भने व्यवसायीहरूले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन्।

दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ। एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा कारबाहीसमेत हुन्छ।

तिहारमा सुनसान छन् गाउँघर

गाउँघरमा देउसी भैलो खेलेर रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउन्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताउँछन्।

मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले यस्ता सामान बनाएर बिक्री वितरण गर्ने र त्यसबाट आएको रकमले चाडपर्वको गर्जो टार्ने गरेका छन्।

काठमाडौँमा बढ्यो वायु प्रदूषण, कारण के? 

विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा विज्ञले जोड दिएका छन्।