AnonymousUser

Logout

पहिरो नियन्त्रण भएपछि गाउँ फर्किए बारपाकका विस्थापित

जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षारोपण गरेर पहिरो नियन्त्रण गरिएको छ।

६०१ हप्ता सफाइ गर्दा पनि बागमतीको अवस्था उस्तै

बागमती सफाइ महाअभियान ६०१ हप्ता प्रवेश गरे पनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेका छैनन्।

कोदोखेतीले धानेको खोरियागाउँ

मिर्चैया नगरपालिका–७ मा पर्ने खोरियागाउँमा बारीभरि कोदोखेती देख्न सकिन्छ। यहाँका किसानका लागि यो निर्विकल्प खेती हो।

पर्यटकीय गन्तव्य बन्दै पर्वतको कोखेडाँडा

समुद्री सतहबाट तीन हजार ३०९ मिटर उचाइमा रहेको कोखेडाँडामा हिमाल हेर्न जाने पर्यटक बढेका छन्। यहाँबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ। 

बांग्लादेश ४० मेगावाट बिजुली निर्यात गर्दै प्राधिकरण

सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणालीमार्फत बहरामपुर भेरमारा ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बांग्लादेश पुग्नेछ। प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात हुने प्राधिकरणको भनाइ छ।

चिसो बढेसँगै बाढीपीडितलाई घरवासको चिन्ता

बाढीले क्षति पुर्‍याएको दुई महिना पुग्नै लाग्दा पीडितले अझै बस्ने वास पाएका छैनन्। कोही आफन्तकहाँ बसेर दैनिकी चलाइरहेका छन् भने, कोही सरकारले दिने राहत पर्खिरहेका छन्।

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन्।

पाँचथरमा बाढी पहिरोले बगाएको सडक पुनर्निर्माण नहुँदा जोखिमपूर्ण यात्रा

मेवाखोला, मुरुंगा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ।

चिसो बढेपछि सुनसान बन्यो बुकीपाटन

असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटन सुनसान छ। 

रास्वपा नेताहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश

निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको उल्लेख छ।

‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं’

कोप२९ मा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न आह्वान गरेका छन्। 

कञ्चनजंघा पर्यटक बढे, होटल व्यवसाय चलायमान

कञ्चनजंघा भ्रमणमा आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ। दशैँतिहारको समयमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल देखिएको छ।

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको चांगाधुरी

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल तथा जिपमा यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।

भक्तपुरमा लागुऔषध कारोबारको ‘केन्द्र’ बन्दै फार्मेसी

जिल्ला प्रहरी परिसर भक्तपुरले लागुऔषध कारोबारको आरोपमा फार्मेसी र ब्युटीपार्लर सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रणका लागि ‘सर्च’ अभियानसमेत जारी रहेको प्रहरीको भनाइ छ।

पार्कर खेलाडी दिनेशलाई अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

अमेरिकाको सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरेका थिए भने अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो। 

कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय

सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’को अवधारणा कास्कीमा कार्यान्वयन शुरू भएको छ।

सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट

हिजोआज सुगन्धकोकिला भित्र्याउने बेला हो। यस वनस्पतिलाई सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको माग छ।

बोटबाटै प्रतिकिलो १०० मूल्य पाएपछि म्यागङका किसानले टिप्न थाले सुन्तला

गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै ‍१०० रुपैयाँभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङ बताउँछन्।

म्याग्दीको ग्रामीण भेगमा विस्तार हुँदै कोदोखेती

बजारमा कोदोको माग बढेपछि किसानले यसको खेती पनि विस्तार गरेका छन्। कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेस्की दिएर जान थालेका छन्।