बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्कीले यस सिजन २ लाख १० हजार रुपैयाँ बराबरका बेर्ना बेचिसकेका छन्। नर्सरीमा अरू पनि बेर्ना हुर्किँदै छन्।
काँकडभिट्टा नाकामा परिचालन गरिएको तालिम प्राप्त कुकुरको सहायताले लागुऔषध ओसारपसारसहित अन्य तस्करी रोक्न सहज भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताउँछन्।
टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मुक्तकमैया, सुकुमबासी मात्रै नभई तत्कालीन टीकापुर विकास समितिका कर्मचारीसमेत उचित व्यवस्थापनको आशामा बसोबास गर्दै आएका छन्।
नयाँ जातका धानको खेतीमा किसानको आकर्षणसँगै म्याग्दीमा गौरिया, गुडुरा, आँगा, घैयालगायत स्थानीय रैथाने जातका धानको खेती घटेको छ।
तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन्।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुन सकेको छैन। कुनै समय ‘भोटको नुन’का रूपमा चिनिने यहाँको खानी बेवारिसे बनेको छ।
फुङ्लिङमा बिहीबार अलैँची गुणस्तरका आधारमा प्रतिमन एक लाख सात हजार रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको व्यवसायीले बताएका छन्।
जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो।
नगरपालिकाको खाता सञ्चालन नहुँदा विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ।
शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित घरमा पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ।
पीडितले पूर्ण रूपमा न्याय पाएको अनुभूति हुने गरी संक्रमणकालीन न्यायको काम अगाडि बढाउन सरकार, सम्बद्ध पक्ष उत्तिकै जिम्मेवार हुनुपर्छ।
गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको २३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बेरुजु थपिएको छ।
गुनासो पेटिका राख्दा झन्झटिलो, तत्काल सम्बन्धित निकायसमक्ष नपुग्ने र समय पनि धेरै लाग्ने भएकाले समयको मागसँगै यसका लागि कर्णालीमा उच्चतम प्रविधिको प्रयोग भएको उपप्राध्यापक भगवती सेढाईंको भनाइ छ।
विगत एक वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ भद्रपुर र मेचीनगर नगरपालिकाकाले चासो नदेखाएको स्थानीयको आरोप छ।
हुस्सु–कुहिरोले विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ।
विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन्।
लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा निर्माणकार्य अलपत्र परेको छ।
जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षारोपण गरेर पहिरो नियन्त्रण गरिएको छ।