AnonymousUser

Logout

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो। 

रामजानकी विवाह महोत्सव: अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रस्टका उच्च पदाधिकारी र साधुसन्तसहित ५०० जनाको जन्ती टोली मटिहानी आइपुगेको हो।

किवी उत्पादन दोब्बरले बढ्यो, बिक्री नहुँदा मारमा किसान

किवी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा चाहेजस्तो आम्दानी गर्न नसकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन्। 

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

सुदूरपश्चिम प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त  गतिमा भइरहेको छ।

११ महिनामा भित्रिए १० लाख ५५ हजार विदेशी पर्यटक

पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर १० लाख ५५ हजार ५३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

एनपीएलका आयोजकप्रति दर्शक रुष्ट

दर्शकको प्रवेश व्यवस्थित नहुँदा मैदानबाहिर भिडभाड मात्र होइन नाराबाजी, ढुंगामुढासमेत भयो। केही दर्शक घाइतेसमेत भए।

उखुको मूल्य निर्धारणप्रति किसान असन्तुष्ट

मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा सरकारले प्रक्रिया नअपनाइएको संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।

एनपीएलको उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा

शनिबार शुरू हुने प्रतियोगितामा विश्वकपसहित उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रिँदैछन्।

दिगो आम्दानीको स्रोत बन्यो तरकारीखेती

धनगढी–६ मटियारीका किसान व्यावसायिक तरकारीखेतीमा लागेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत तरकारीखेती बनेको छ।

केयरगिभरमा छनाेट भएका सबै कामदार लैजान्छाैँ –इजरायली राजदूत

मन्त्री भण्डारीले इजरायल जान छनोट भई पर्खाइमा रहेका नेपाली कामदारलाई यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय र पहल गर्ने बताए।

दार्चुला–तिंकर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

त्रिदेशीय सडकका रूपमा रहेको दार्चुला–तिंकर सडक सामरिक महत्त्व बोकेको सडक हो। तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन सकेको छैन।

विदेशबाट फर्किएर च्याउखेती, मासिक लाखभन्दा बढी आम्दानी

‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ। अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न।’

सुनको मूल्य घटेसँगै बढ्यो सुनको माग

सोमबार र मंगलबार काठमाडौँको न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भीडसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ।

उत्तर–दक्षिण जोड्दै कालीगण्डकी करिडोर

होटल तथा रेस्टुराँ व्यवसायीले करिडोर आसपासमा व्यवसाय शुरू गरेका छन् । कुना–कन्दराका किसानले उत्पादनको बजारीकरणको सम्भावना देख्न थालेका छन्।

चिसो बढेसँगै बढे सगरमाथा क्षेत्र छाड्ने विदेशी पर्यटक

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।

विपद्मा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

स्थानीय, प्रदेश र संघीय सरकारले तत्काल केही राहत रकम उपलब्ध गराए पनि बाढीपहिरोबाट विस्थापित परिवारहरू अझै पुनर्स्थापित हुन सकेका छैनन्।

तोरीखेतीमा दाङका कृषकको आकर्षण, यस वर्ष उत्पादन ५ प्रतिशतले बढ्ने अनुमान

तोरीखेतीलाई जंगली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन्।

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्।

चिसोले बिरामी पर्न थाले ढोरपाटनका विद्यार्थी

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहान तुसारो पर्ने र दिउँसो सिरेटो चल्दा विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ।

कोप–२९ सम्मेलन: धनी देशले वार्षिक ३०० अर्ब डलर तिर्ने सहमति

विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशलाई आफ्नो अर्थतन्त्र हरित बनाउन र अझ खराब विपत्तिको सामनाका लागि प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति भएको छ।