AnonymousUser

Logout

बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च, बढ्दै जोखिम

सुनसरीको कोशी गाउँपालिका–६ का देवचन्द्र झाले कोशी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताएका छन्।

मुस्ताङमा हालसम्मकै बढी स्याउ उत्पादन, ९२ करोडभन्दा बढीको बिक्री

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार ३३० मेट्रिकटन स्याउ उत्पादन भएको छ। गत वर्ष ६ हजार ५९६ मेट्रिकटन उत्पादन भएको थियो।

कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित

डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा उनले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन्।

५ हजार ४०० मिटर उचाइको थोराङमा सरसफाइ

पदयात्रीहरूको आकर्षण बढेसँगै थोराङ क्षेत्रमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहोरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको हो

वैदेशिक रोजगारीबाट फर्केर माैरीपालन, वार्षिक ७ लाख बचत

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्।

म्याग्दीमा असिनापानीले सखाप बनायो पाक्न लागेको धान 

म्याग्दीका विभिन्न ठाउँमा फूल खेल्दै गरेको, पाक्न लागेको तथा काटेर खेतमा सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन्। 

जडीबुटी बिक्रीबाट जीविका चलाएकी फुपु, मासिक १ लाख ५० हजारसम्म आम्दानी

संखुवासभाकी फुपु पोङ्सुवा शेर्पा जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन्। अहिले इटहरी–६ मा पसल शुरू गरेकी छन्। 

कांसाहोप तालमा डुंगा सयरसँगै माछापालन, लोभिए पर्यटक

कोरोना भाइरस महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा भंगेटारका २४ घरले चन्दा संकलन तथा श्रमदान गरी साढे ६ रोपनी जग्गामा निर्माण गरेको ताल पर्यटकीय गन्तव्य बनेको छ।

चाडपर्वमा कोसेली कर्णालीको स्याउ

दशैँमा कर्णालीको स्याउ अरु बेलाभन्दा तीन गुणा बढी बिक्री भएको छ। बाहिरबाट आउने स्याउको तुलनामा स्वादिलो र सस्तो भएकाले ग्राहकको रोजाइमा परेको व्यवसायीले बताएका छन्।

पहिरोले फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण

पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन्। पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीय त्रासमा छन्। 

‘सधैँ सडकमा बित्छ घरबारविहीनको रात’

अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीको भनाइ छ।

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै म्याग्दीको पात्लेगाउँ

मालिका–३ स्थित अदिभाराबाट डाडागाउँ हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि १० करोडको आयोजना पनि शुरू भएको छ।

बनमारा फाँडेर ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए।

संक्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ।

माटोका भाँडा बनाएर घरखर्च जोहो

सुनसरीका इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा बसोबास गर्ने कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त छन्।

गोरखामा सडक अभावका कारण कुहिँदै स्याउ, बजार ल्याइदिन सरकारसँग माग

सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन किसानले सरकारसँग माग गरेका छन्।

जीर्णोद्धारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

दरबारलाई संग्रहालयका रूपमा विकास गर्न थालिएको छ। दरबारभित्र राजाहरूले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायत सामग्री संग्रहित गरिएको छ।

बेनी–मालढुंगा सडक: ठेक्का अवधि सकियो, भएन कालोपत्र

सडक ११ मिटर फराकिलो बनाएर डीबीएसडी प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का लागेको थियो।

बिजुलीको झिलिमिलीले ओझेलमा माटोका पाला

कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का मंगल पण्डितले बताए। 

बसाइँसराइले रित्तिएको गडीगाउँ: न दौँतरी छन् न छिमेकी

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ सालको जनगणनाअनुसार यहाँ ३८ घरमा ३६६ जनाको बसोबास थियो । हाल १७ घरमात्र छन्। जनसंख्या १२० मा झरेको छ।