AnonymousUser

Logout

डेरी सञ्चालन गरेर मासिक ९० हजार कमाइ

सुनसरीको इनरुवा–२ का रवीन्द्र यादवले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवासमेत बनाउने गरेका छन्।

लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै तेह्रथुमको चोत्लुङ पार्क

परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुंगा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ।

चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त

एकाबिहानैको हावा बढी प्रदूषित हुने सम्भावना भएकाले घाम लागेपछि मात्रै ‘मर्निङ वाक’ उपयुक्त हुने सुझाव विज्ञहरूले दिएका छन्।

मासु र मदिरा नचल्ने माङ्सेबुङ गाउँ

लिम्बु समुदायको बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ। चुरोट, बिडी, खैनी र मदिराको सेवन पनि निषेध छ। 

हिमपातले हुम्लामा हवाई उडान अवरुद्ध, जनजीवन प्रभावित

सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ। नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।

झिँगटीले छाउने कालिगड पाउनै मुस्किल

ताप्लेजुङमा कालिगड अभावकै कारण झिँगटीले छाएका घर लोप हुँदै गएका छन्। झिँगटी छानाको ठाउँ आरसीसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ।

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

सप्तरीको सुरुंगा नगरपालिका–५ स्थित कुशाहाका विपन्न दलित परिवारको जीवतस्तर तरकारीखेतीबाट उकासिएको छ। उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन्।

सहकारी ठगी प्रकरण : छविको बयान लिइयो, रविलगायतको मंगलबारदेखि

सोमबार छविलाल जोशीको मात्र बयान लिइएको, मंगलबार रवि लामिछानेसहित अन्य प्रतिवादीको बयान हुने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीको भनाइ छ।

व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

कम क्षेत्रफलमा थोरै लगानीले पंगास जातको माछा बढी उत्पादन हुने भएकाले यो माछापालनतर्फ स्थानीय किसानको आकर्षण बढिरहेको छ।

मनाङमा चिसोले पानी जम्यो तर परेन हिउँ

मनाङवासी हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन्।

इलाममा एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन

अलैँची प्रतिमन १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अलैँची खरिद गर्न व्यवसायी गाउँमै पुग्ने गरेका छन्।

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना निगमको छ। त्यसपछि क्रमशः पाइप लाइनबाट पेट्रोल र मट्टितेल अमलेखगन्ज आउने छ।

कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस

नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ। सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेको थियो।

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन्।

जसले सुन्तला बेचेर छोराछोरीलाई बनाए इन्जिनियर र नर्स

बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। लटरम्म फलेका सुन्तलाले गाउँ नै रंगिएको छ।

म्याग्दीको दोसल्ले गाउँबाट १ करोड ५० लाखभन्दा बढीको सुन्तला  बिक्री

बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन्। सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन्।

परराष्ट्रमन्त्री देउवा बर्लिनबाटै भारत प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन शुरू

संघीय सरकारबाट यस वर्ष एमबीबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन शुरू गरेको हो।

व्यापार छाडेर टमाटरखेती, वार्षिक ५ लाखसम्म आम्दानी

सर्लाहीको उत्तरी क्षेत्रमा उत्पादित हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको छ। यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन्।

आँधीखोला तर्न ४० वर्षदेखि फट्केको भर

स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा पुल नहुँदा बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ।