जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य, पारिस्थितिक प्रणाली, परम्परागत कृषि प्रणाली, प्रकृति चक्र, मौसमी स्वभावमा आमूल परिवर्तन भइसकेको छ। यो क्रम आगामी दिनमा थप गहिरिँदै जानेमा विज्ञ एकमत छन्।
मंगलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना पराकम्प निरन्तर गइरहेका छन्।
सन् २०२३ को तुलनामा गएको वर्ष मनासलु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या १ हजार ४२८ जनाले बढी छ। सबैभन्दा धेरै फ्रान्सबाट आएका छन्।
सकारात्मक सोच र भूकम्पको जोखिम व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेतना अभिवृद्धि गराउन आवश्यक छ।
तिब्बतको डिङ्गयीमा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते भएको प्रहरीको भनाइ छ।
भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब १०० किलोमिटर टाढा दिंग्गेमा शक्तिशाली भूकम्प गएको बताएका छन्।
बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघको फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको छ।
कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियो।
धुलोधुवाँदेखि टाढा रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ। परम्परागत रूपमा धान, गहुँ, मकैखेती गर्दै आएका बोराङका किसानको जग्गा अहिले बाँझै छन्।
बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरीबारीमा रमाउँदै फोटो खिच्ने तथा टिकटक र भिडियो बनाउनेको थोगी नसक्नु भिड लाग्ने गरेको छ।
समाजले ३०० वर्ष पहिले भक्तपुरबाट बसाइँसराइ गरी आएका बागलुङका नेवार समुदायसँग मिलेर संस्कृति आदानप्रदानको कार्यक्रम गरिएको हो।
‘आरओपी’को जोखिम समयअगावै जन्मिएका बच्चामा देखिन्छ। समयअगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेसलिस्ट डा. इली प्रधानको भनाइ छ।
प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन अभिलेखीकरण गरिएको नगरपालिकाले जनाएको छ।
पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए। तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन्।
विश्व बैंकको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा दूरसञ्चार कम्पनीले मुलुकको जीडीपीमा करिब ४ प्रतिशत योगदान गरेकोमा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको उल्लेख छ।
खबरा गाउँमा १५० परिवारको बसोबास छ। सबैले व्यावसायिक केराखेती गरेका छन्। गाउँबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको केरा बिक्री हुने गरेको छ।
अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ।
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ।
किसानले उत्पादन गरेको तितेकरेला गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यसको खेती पनि बढेको छ।
झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुंगे पुलमा पर्यटकको घुइँचो लाग्न थालेको छ। भारतको सिक्किम तथा पश्चिम बंगालबाट समेत पुल हेर्न पर्यटक आउने गरेका छन्।