AnonymousUser

Logout

कोदोको व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान

कोदोखेती गर्ने किसानलाई सरकारले आर्थिक अनुदान र प्रोत्साहन गरिदिए सहज हुने किसानको भनाइ छ। बीउ मात्रै उपलब्ध गराए पनि धेरै सहयोग पुग्ने उनीहरू बताउँछन्।

छठको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। छठको मुख्य दिन भएकाले बिहीबार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति

खेतमा काटेर सुकाएको धानको निहिन र पराल सोमबार र मंगलबारको वर्षाले डुबाएको किसानले बताएका छन्।

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गरिरहेका अर्जुन

बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले एक बिघा जमिनमा भुइँकटहरको खेती गरेका छन्। नेपाल प्रहरीबाट सेवा निवृत्त उनी विदेश जाने सोच त्यागेर गाउँमै कृषिमा सक्रिय भएका हुन्।

बेमौसमी वर्षाले बाँकेमा धानबालीमा क्षति

पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्‍याएको र के कति क्षति भयो भन्ने तथ्यांक संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

ललितपुरका बाढीपीडित: पुनर्वास नहुँदा टहरमा बित्यो दशैँतिहार

पुनर्वासको व्यवस्था नहुँदा ललितपुरका पीडितले आफन्तको घर, टहरा र डेरामा यसपटकको दशैँतिहार मनाएका छन्।

छठ पर्व शुरू, ४ दिनसम्म हर्षोल्लासका साथ मनाइँदै

छठको पहिलो दिन मंगलबार नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ। 

धान भित्र्याउने बेलाको वर्षाका कारण उत्पादन घट्ने अनुमान, आयात बढ्न सक्ने

असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेश र बागमती प्रदेशमा धानलाई असर पारेको छ, जसका कारण दुई प्रतिशतसम्म उत्पादनमा ह्रास आउन सक्ने कृषि मन्त्रालयको अनुमान छ।

रामपुरको एउटै फार्मबाट बिक्यो २ लाखको फूल

बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि पठाउन नसकिएको फार्म सञ्चालक लालबहादुर थापा बताउँछन्।

पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै

ज्यान गुमाएका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन।

कोरलामा नेपालतर्फ खानेपानी र शौचालयकै अभाव, चीनतर्फ भने भव्य महल

कोरलाको चीनतर्फ निर्माण भएका भवनभित्र पसलहरू छन्। भवन पछाडि ठूलो बस्ती बसेको छ। नेपालतर्फ भने व्यवसायीहरूले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन्।

दाइजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ। एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा कारबाहीसमेत हुन्छ।

तिहारमा सुनसान छन् गाउँघर

गाउँघरमा देउसी भैलो खेलेर रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउन्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताउँछन्।

मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त

छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले यस्ता सामान बनाएर बिक्री वितरण गर्ने र त्यसबाट आएको रकमले चाडपर्वको गर्जो टार्ने गरेका छन्।

काठमाडौँमा बढ्यो वायु प्रदूषण, कारण के? 

विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा विज्ञले जोड दिएका छन्।  

सयपत्री फूलको प्रयोग बढ्दा कृत्रिम फूलको आयात घट्यो

धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन्।

स्थायी वासस्थानको आसमा बित्यो बाढीपहिरो पीडितको एक महिना

राज्यले वासस्थान बनाइदिने दिने आस पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै बितेको छ। तर अहिलेसम्म सरकारले उचित व्यवस्थापनसमेत नगरेको उनीहरूको गुनासो छ।

कुश्मिसेरा–रांखानी सडक: २ वर्षमा सक्नुपर्ने कालोपत्र ५ वर्षमा पनि भएन

निर्माण कम्पनीको लापरबाहीले सडकको काम पूरा नभएको हो। सडक हेर्ने पूर्वाधार कार्यालयले पनि ठेकेदारलाई ताकेता गर्न सकेको छैन। बरु म्याद थप्दै बसेको छ। 

कच्चा पदार्थको आयात घटाउने प्रयासमा पस्मिना उद्योगी

डोल्पामा प्रशस्त च्यांग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन्। निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ।

सुनसरीको मिथिला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मीपूजा

हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय शहरी क्षेत्रमा बस्ने मैथिल समुदायले कम खेल्ने गरेका छन्।